बाटोमै अलपत्र परेका नेपालीबारे जवाफ दिन सर्बोच्च अदालतको सरकारलाई आदेश « Khabarhub

बाटोमै अलपत्र परेका नेपालीबारे जवाफ दिन सर्बोच्च अदालतको सरकारलाई आदेश


२ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आफ्नो स्थायी वासस्थान हिँडेकाहरु अलपत्र परेको विषयमा सर्बोच्च अदालतले कारण पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ ।

लकडाउनका कारण हिडेरै आफ्नो स्थायी बासस्थान जान थालेकाहरु बाटोमै अलपत्र परेपछि उनीहरुलाई घर पुर्‍याउन अन्तरिम आदेशको माग गर्दै वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्माले चैत ३० गते सर्वोच्चमा रिट दायर गरेका थिए।

उक्त रिटमाथि मंगलबार सुनुवाइ गर्दै न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी हुनुनपर्ने भए कारण पेश गर्न सरकारलाई आदेश दिएको हो।

‘यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिमको आदेश किन जारी हुनुनपर्ने हो ? आदेश जारी हुनुनपर्ने आधार र कारणसमेत खुलाई आदेश प्राप्त भएको मितिले बाटोको म्याद बाहेक १५ दिनभित्र महान्यायाधीवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्नू,’ आदेशमा भनिएको छ ।

सर्वोच्चले अन्तरिम आदेशबारे छलफल गर्न निवेदक र विपक्षी बनाइएका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृहमन्त्रालयलाई वैशाख ५ गते उपस्थित हुन पनि आदेश दिइएको छ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  ८ : ०० बजे

बालेन सरकारको घोषणा : विद्यालय र विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने

काठमाडौं – सरकारले आगामी ६० दिनभित्र देशभरका विद्यालय र विश्वविद्यालयबाट

महिलाहरूको सुरक्षा सुनिश्चित गर्न सरकारले निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने

काठमाडौं – सरकारले महिला यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न सातै प्रदेशमा

राजस्व सुधारमा सरकारको योजना : निष्क्रिय धरौटी रकम परिचालनदेखि ई-बिलिङ र १३९ कोष एकीकरणसम्म

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी का वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको

दलीय ट्रेड युनियनहरू खारेज गर्ने बालेन सरकारको घोषणा

काठमाडों – सरकारले सार्वजनिक प्रशासनमा राजनीतिक हस्तक्षेप पूर्ण रूपमा अन्त्य

भदौ २४ को घटना छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने सरकारको निर्णय

काठमाडौं – सरकारले गत भदौ २४ गते घटेको घटनाको सत्यतथ्य