इंग्ल्याण्डमा लकडाउन खुकुलो, कार्यालयहरु सञ्चालन « Khabarhub

इंग्ल्याण्डमा लकडाउन खुकुलो, कार्यालयहरु सञ्चालन


१ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंग्ल्याण्डमा कोरना संक्रमित बढेपछि लागु गरिएको लकडाउन केही खुकुलो बनाइएको छ ।

बुधबारदेखि लकडाउन खुकुलो भएसँगै कार्यालयहरु चालु हुन थालेका छन् भने मानिसहरु चहलपहल समेत सुरू भएको छ ।

सरकारले केही समय घरबाहिर निस्कन दिने, पार्कमा एकजना मात्र साथी भेट्ने र डेरा सर्ने कामहरू गर्न दिने निर्णय गरेसँगै मानिसहरुको चहलपहल सुरू भएको हो ।

बुधवारदेखि लागु भएको नयाँ नियमले बगैँचाको सामान बेच्ने ठूला पसलहरू पनि खोल्न रोक छैन् भने मानिसहरूले आफ्नो एकाघरमा सँगै बस्ने बाहेक बाहिरका एकजना मानिसलाई भेट्न पाएका छन् ।

एकअर्काबाट टाढा बसेर खेल्न सकिने गल्फ, टेनिस जस्ता खेलहरू अब खेल्न पाइनेछ। घरमा बसेर काम गर्न नसक्ने अवस्थाका केही कर्मचारीहरूलाई कार्यस्थलमा नै गएर पनि काम गर्नका लागि प्रेरित गरिने भएको छ।

आइतवार बेलायती प्रधानमन्त्री बोरिस जोनसनले गरेको सम्बोधनमा सात हप्तादेखि जारी लकडाउन ससर्त खुला गर्ने योजना सार्वजनिक भएका थिए ।

उक्त सम्बोधनपछि लकडाउनसम्बन्धी नियमहरू लागु गर्नमा संयुक्त अधिराज्यको सरकार र अधिकार प्रत्यायोजित स्कटल्याण्ड, वेल्स र नोर्दन आएरल्याण्डका सरकारहरूबीच केही भिन्नता देखा परेको छ।

अधिकार प्रत्यायोजित ती सरकारहरू लकडाउनको कडा नियमहरू र मानिसहरू घरभित्रै रहनु पर्छ भन्ने सन्देशलाई कायमै राख्ने पक्षमा रहेका छन्।

इंग्ल्याण्डमा भने कार्यस्थललाई सकेसम्म सुरक्षित राख्न रोजगारदाताहरूलाई निश्चित निर्देशिकाहरू जारी गरिएको बीबीसीले जनाएको छ।

प्रकाशित मिति : १ जेठ २०७७, बिहीबार  ५ : ४९ बजे

भारत र अमेरिकाबीच महत्त्वपूर्ण व्यापारिक सम्झौता : भारतले रुसबाट तेल आयात रोक्ने

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतका प्रधानमन्त्री नरेन्द्र

सर्लाहीमा पहिलोपटक आमाको नामबाट नागरिकता जारी

सर्लाही– जिल्ला प्रशासन कार्यालय सर्लाहीले पहिलोपटक आमाको नामबाट नागरिकता जारी

गलेश्वर–पुलाश्रम–जगन्नाथ सडक योजना : लक्ष्यभन्दा पाँच महिनाअघि सम्पन्न

म्याग्दी– बेनी नगरपालिकामा रहेका तीनवटा धार्मिकस्थल गलेश्वर, पुलाश्रम (पछै) र

अनुगमनमा कैफियत देखिएपछि एक स्टोरलाई विभागको जरिवाना

काठमाडौं– नियमित रूपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा

तराईमा हुस्सु, उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल