इंग्ल्याण्डमा लकडाउन खुकुलो, कार्यालयहरु सञ्चालन « Khabarhub

इंग्ल्याण्डमा लकडाउन खुकुलो, कार्यालयहरु सञ्चालन


१ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंग्ल्याण्डमा कोरना संक्रमित बढेपछि लागु गरिएको लकडाउन केही खुकुलो बनाइएको छ ।

बुधबारदेखि लकडाउन खुकुलो भएसँगै कार्यालयहरु चालु हुन थालेका छन् भने मानिसहरु चहलपहल समेत सुरू भएको छ ।

सरकारले केही समय घरबाहिर निस्कन दिने, पार्कमा एकजना मात्र साथी भेट्ने र डेरा सर्ने कामहरू गर्न दिने निर्णय गरेसँगै मानिसहरुको चहलपहल सुरू भएको हो ।

बुधवारदेखि लागु भएको नयाँ नियमले बगैँचाको सामान बेच्ने ठूला पसलहरू पनि खोल्न रोक छैन् भने मानिसहरूले आफ्नो एकाघरमा सँगै बस्ने बाहेक बाहिरका एकजना मानिसलाई भेट्न पाएका छन् ।

एकअर्काबाट टाढा बसेर खेल्न सकिने गल्फ, टेनिस जस्ता खेलहरू अब खेल्न पाइनेछ। घरमा बसेर काम गर्न नसक्ने अवस्थाका केही कर्मचारीहरूलाई कार्यस्थलमा नै गएर पनि काम गर्नका लागि प्रेरित गरिने भएको छ।

आइतवार बेलायती प्रधानमन्त्री बोरिस जोनसनले गरेको सम्बोधनमा सात हप्तादेखि जारी लकडाउन ससर्त खुला गर्ने योजना सार्वजनिक भएका थिए ।

उक्त सम्बोधनपछि लकडाउनसम्बन्धी नियमहरू लागु गर्नमा संयुक्त अधिराज्यको सरकार र अधिकार प्रत्यायोजित स्कटल्याण्ड, वेल्स र नोर्दन आएरल्याण्डका सरकारहरूबीच केही भिन्नता देखा परेको छ।

अधिकार प्रत्यायोजित ती सरकारहरू लकडाउनको कडा नियमहरू र मानिसहरू घरभित्रै रहनु पर्छ भन्ने सन्देशलाई कायमै राख्ने पक्षमा रहेका छन्।

इंग्ल्याण्डमा भने कार्यस्थललाई सकेसम्म सुरक्षित राख्न रोजगारदाताहरूलाई निश्चित निर्देशिकाहरू जारी गरिएको बीबीसीले जनाएको छ।

प्रकाशित मिति : १ जेठ २०७७, बिहीबार  ५ : ४९ बजे

७५ रन जोडेर सूदरपश्चिमका क्रिस ‘रिटायर्ड आउट’

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको

मधेसका ४०३ परिवार ग्रामीण विद्युतीकरण कार्यक्रमबाट लाभान्वित

सर्लाही– सामुदायिक तथा ग्रामीण विद्युतीकरण कार्यक्रमबाट मधेसका ४०३ परिवार लाभान्वित

यथास्थितिमा एमाले चल्न सक्दैन, नयाँ नेतृत्व आउनुपर्छ : गोकुल बास्कोटा

काठमाडौं– सुरूमा एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासिला पात्र पूर्वपत्रकार

विशेष महाधिवेशन पक्षधर कांग्रेसी नेता भन्छन्– मिति सार्ने षडयन्त्र नगरियोस्

काठमाडौं– महाधिवेशनका लागि हस्ताक्षर गर्ने कांग्रेसका नेताहरूले पार्टीको महाधिवेशन सार्ने

पहिलो पटक चल्यो सुदूरपश्चिमका क्रिस लिनको ब्याटिङ, चितवनविरुद्ध प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको