काठमाडौं – इटालीमा २ लाख २२ हजारभन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
कोरोना भाइरसको संक्रमणबाट इटालीमा २४ घण्टामा १९५ जनाको मृत्यु भएको छ ।
योसँगै इटालीमा मृतकको संख्या ३१ हजार १०६ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ८८८ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख २२ हजार १०४ पुगेको छ ।
इटालीमा संक्रमितमध्ये १ लाख १२ हजार ५४१ जना उपचारपछि निको भएका छन् ।
उपचार गराइरहेका ७८ हजार ४५७ जनामध्ये ८९३ जनाको अवस्था गम्भीर रहेको इटालीका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
प्रतिक्रिया