कोरोना भाइरस कहिल्यै समाप्त नहुन पनि सक्छ : डब्लुएचओ « Khabarhub

कोरोना भाइरस कहिल्यै समाप्त नहुन पनि सक्छ : डब्लुएचओ


१ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस कहिल्यै उन्मुलन पनि नहुन सक्ने चेतावनी दिएको छ ।

डब्लुएचओका आपतकालीन निर्देशन डा. माइक रायनले बुधबारको ब्रिफिङ्गको क्रममा कोरोना भाइरस चाँडै अन्त्य हुने भन्दै भइरहेका भविष्यवाणी तर्फ इंगिद गर्दै यो भाइरस कहिल्यै अन्त्य नहुने वा रहिरहने सम्भावना देखिएको बताएका हुन् ।

‘कोरोना क्षेत्रअनुसार रूप बदलेर अर्काे भाइरस बनेर बसिरहन सक्ने देखिन्छ, कहिले समाप्त नहुन पनि सक्छ,’ जेनेभामा भएको भर्चुअल प्रेस सम्मेलनमा उनले भने।

उनले एचआईभी भाइरसको उदाहरण दिँदै अगाडि भने, ‘जसरी यो अहिलेसम्म निर्मूल हुन सकेको छैन।’

निर्देशक रायले यसविरुद्ध खोप नबन्दासम्म मानिसले यस रोगविरुद्ध उचित स्तरको प्रतिरोध क्षमता प्राप्त गर्न वर्षाैं लाग्ने पनि बताए।

अहिले विश्वमा कोरोनाविरुद्ध खोप बनाउने धेरै प्रयास जारी रहेको बताउँदै संसारमा अहिले कम्तीमा यसका लागि सय वटा खोप विकास भइरहेको बताए । तर विश्वका वैज्ञानिक पनि के भनिरहेका छन् भने यसको खोप कहिल्यै नबन्न पनि सक्छ।

तर खोप भएर पनि उन्मुलन नभएका धेरै रोगहरु रहेकाले कोरोना भाइरस पनि त्यस्तै हुन सक्ने उनले चेतावनी दिएका हुन् ।

प्रकाशित मिति : १ जेठ २०७७, बिहीबार  ७ : ५५ बजे

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बागलुङ– बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा