महामारीपछि नयाँ शिक्षा प्रणालीको आवश्यकता बोध भयो : प्रचण्ड « Khabarhub

महामारीपछि नयाँ शिक्षा प्रणालीको आवश्यकता बोध भयो : प्रचण्ड


१ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोरोना भाइरस महामारीको सङ्कटले विश्वमा नयाँ शिक्षा प्रणालीको आवश्यकता बोध भएको बताएका छन् ।

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनले सूचना, सञ्चार तथा प्रविधिसम्बन्धी शिक्षकहरुका लागि आयोजना गरिएको पाँचदिने प्रशिक्षक प्रशिक्षण कार्यक्रमको भिडियो संवादमार्फत आज उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

‘महामारीले सिङ्गै विश्वलाई प्रभावित बनाएको र यसका विरुद्ध मानिसले जित्नेछ भन्ने आशा व्यक्त गर्दै हरेक सङ्कटसँग मानवजाति जुध्नु र सङ्कटबाट पार पाएर परिस्थितिअनुकूल नयाँ सामाजिक, सांस्कृतिक र आर्थिक व्यवस्था अनुकूल हुनु अहिलेको आवश्यकता हो ।’ अध्यक्ष दाहालले भने, ‘नयाँ मानिस निर्माण गर्ने वैज्ञानिक र सांस्कृतिक सबै दृष्टिकोणले शिक्षकहरुको भूमिका महत्वपूर्ण रहँदै आएकामा अहिले यो भूमिकाको आवश्यकता झन् बढेको छ । नयाँ विश्व व्यवस्था र समाजवाद सुहाउँदो शिक्षा प्रणाली स्थापित गर्न शिक्षकहरुले नयाँ सन्देश दिन र परिचालित गर्न प्रशिक्षण एक महत्वपूर्ण पहलकदमी हो ।’

हरेक नकारात्मकताभित्र मानिसहरुले सकारात्मकताको खोजी गरी विचार र शिक्षा प्रणालीको विकासमा ठूलो योगदान दिनसक्ने भएकाले प्रशिक्षणमा सहभागी शिक्षकले त्यसअनुसारको सन्देश विद्यार्थी र अभिभावकसमक्ष लानुपर्ने उनले बताएका छन् ।

प्रकाशित मिति : १ जेठ २०७७, बिहीबार  ११ : १४ बजे

‘ताखु’बाट धागो कात्दै कालिकोटका बल बहादुर (तस्बिरहरू) 

काठमाडौं– संघीय राजधानी काठमाडौंको हनुमानढोका दरबार स्क्वायर आउने प्रायः आगन्तुकहरूले

निर्वाचनको तयारी : राजनीतिक दल र नागरिक प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री कार्की

काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीका विषयमा प्रधानमन्त्री सुशीला

सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा स्थानीय समस्यामा

भोजपुर– भोजपुरमा वषौँअघि सडक विस्तार भएका क्षेत्रको जग्गा अहिलेसम्म सरकारीकरण

जेन-जी आन्दोलनः गगन थापाले कार्यकर्तालाई सुनाए काठमाडौंमा डेरा नपाएको पीडा…

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेन–जी आन्दोलनमा आफ्नो

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

पर्वत– पर्वतका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका छन्