आजबाट लकडाउन झन कडा, कुन कुन सवारीलाई पास चाहिँदैन (सुचीसहित) « Khabarhub

आजबाट लकडाउन झन कडा, कुन कुन सवारीलाई पास चाहिँदैन (सुचीसहित)


१ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  सरकाले आजबाट लकडाउन झन कडा गरेको छ । लकडाउनका बखत घर बाहिर निस्कन र सवारी साधन सञ्चालन गर्न कडाइ गरेको हो ।

सरकारले जिल्ला प्रशासन कार्यालय र गृह मन्त्रालयबाट जारी हुने पासमा कडाई गरेको हो । यसअघि जारी गरिएका पास सबै रद्द गरिएका छन् । पास विना पनि निश्चित व्यक्ति र सवारी साधनले विना रोकटोक आवागमन गर्न पाउनेछन् ।

कुन कुन सावरीलाई पास चाहिँदैन

  • एम्बुलेन्स, शवबाहन र दमकललाई पास आवश्यक पर्दैन ।
  • यसैगरी झण्डावाल सवारी, कुटनीतिक उन्मुक्ति तथा सुविधा प्राप्त नियोग, व्यक्ति तथा संघ संस्थाहरुलाई पास पर्दैन
  • सूचना विभागबाट जारी भएको प्रेस पास प्राप्त सञ्चारकर्मीहरु ।
  • स्वास्थ्य सेवामा खटिएका चिकित्सक, नर्स, फार्मासिस्ट प्रयोगशालामा कार्यरत प्राविधिक, अस्पतालमा कार्यरत अन्य कर्मचारीहरु,
  • औषधी उत्पादन ढुवानी र विक्री वितरणमा संलग्न हुने जनशक्तिहरु ।
  • खानेपानीको मर्मत सम्भार र वितरणमा संलगन जनशक्ति ।
  • फोहोरमैला व्यवस्थापनमा परिचालित जनशक्ति ।
  • ठूला खाद्य स्टोरमा कार्यरत जनशक्ति
  • अत्यावश्यक वस्तु तथा ढुवानी गर्ने मालबाहक सवारी साधनहरु

यी क्षेत्रका सवारी चलाउनेले अनिवार्य आफ्नो कर्मचारी परिचय पत्र साथमा लिएको हुनुपर्नेछ ।
यसैगरी, नयाँ पास लिन परिस्थिति हेरेर सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी मात्र नभई कतिपय अवस्थामा गृह मन्त्रालयको समेत अनुमति लिनुपर्नेछ ।

गृह मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाभित्र छिर्न कडाई गरिने भएको छ । उपत्यकाको हकमा भने तीनवटै जिल्लालाई एउटै जिल्ला सरहको व्यवहार गरेर कडाई गरिने भएको छ ।

प्रकाशित मिति : १ जेठ २०७७, बिहीबार  ११ : ३० बजे

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज २४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ