‘सरकारको रणनीतिक सुझबुझ कम भयो’ « Khabarhub

‘सरकारको रणनीतिक सुझबुझ कम भयो’


१ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले कोभिड–१९ विरुद्धको संघर्षमा सरकारको रणनीतिक सुझबुझ कमी भएको बताएका छन् ।

संक्रमणको क्रमभन्दा दुई कदम अघि रहेर तयारी गर्नु पर्नेमा सरकार कोरोनाको पछिपछि लागेको भन्दै उनले अन्य देशको नक्कल गरेर मात्र रणनीतिक सफलता प्राप्त नहुने बताए ।

लकडाउनको लामो समयमा सरकारले सुविधाका बाबजुद सहरी क्षेत्र र राजधानीमा समेत परीक्षणको दायरा नढाएकोमा आपत्ति जनाए । स्वास्थ्य उपकरण खरीदमा भ्रष्टाचार र आपूर्तिमा ढिलासुस्तीले सरकारको लापरवाही पुष्टि गर्ने उनको बताए ।

‘सरकारले लामो बन्दाबन्दीको सदुपयोग गरेन । सुविधासम्पन्न राजधानीमासमेत परीक्षणको दायरा बढाएन,’ राणाले भने । ‘स्वास्थ्य सामाग्री खरीदमा भ्रष्टाचार, आपूर्तिमा ढिलासुस्ती, सुझबुझमा कमी भयो । तयारी दुई कदम अघि हुनु पर्नेमा सरकार कोरोनाको पछिपछि देखियो । विदेशको नक्कलले मात्र रणनीतिक सफलता हात लाग्दैन ।’

राप्रपा अध्यक्ष राणाले स्वास्थ्य उपकरण अभाव पूर्ति गर्न स्थानीय उद्यमीहरूलाई प्रोत्साहन गर्नु पर्ने बताए ।

‘पाइला टेक्नोलजिले प्रारम्भिक चरणमा भेन्टीलेटर निर्माण गरेको छ । यसमा सुधार गरी आवश्यक परीमाण उत्पादन गर्न सके आन्तरिक रूपमै उपकरण अभाव पूर्ति हुने थियो,’ उनले ट्वीट गर्दै भने ।

‘कोरोनाको खतरा बढ्दो दरमा छ । यसै पनि महामारी चाँडै अन्त्य हुने होइन । युवा उद्यमीलाई प्रोत्साहन गरौं, मेरो मूरीमूरी शुभेच्छा छ,’ राणाले भने ।

प्रकाशित मिति : १ जेठ २०७७, बिहीबार  १२ : ०४ बजे

रविलाई प्रश्न : सर्वदलीय बैठक र उच्चस्तरीय संयन्त्रलाई प्रधानमन्त्रीले नस्वीकारे के गर्नु हुन्छ ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ १० गते

प्रधानमन्त्रीको बचाउमा रवि- ‘सरकार र पार्टीको काम बाँडफाँट गरेका छौँ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशीमा आएको

रविलाई प्रश्न- सरकार गुण्डागर्दी शैलीमा चल्दै छ ? जवाफमा भने, ‘पार्टीको आन्तरिक लोकतन्त्र बलियो छ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्रको आन्तरिक

रमेश प्रसाईंको गुनासो : मेरै सरकारकै पालामा महँगीले छलाङ लगायो, ढाड सेकियो

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईंले बाढीको विपद्का

जेन–जी आन्दोलनमा भागेका लागूऔषध मुद्दाका प्रतिवादी एक वर्षपछि समातिए

काठमाडौं– लागूऔषध मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका-३ जाल्पाचोक बस्ने गोरखा पालुङटार नगरपालिका-२