१० हजार जना संक्रमित भए के होला ? छैन तयारी | Khabarhub Khabarhub

१० हजार जना संक्रमित भए के होला ? छैन तयारी


१ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले अनुमान गरेअनुसार नेपालमा १० हजार जनामा कोरोना भाइरस संक्रमण देखियो भने उपचारको अवस्था के होला !

स्वास्थ्य मन्त्रालयले वैशाख पहिलो साता नेपालमा कोरोना संक्रमण फैलिएमा संक्रमितको संख्या उनीहरूलाई आवश्यक पर्ने स्वास्थ्य सेवाबारे पनि आकलन गरेर व्यवस्थापन सुरु गरेको हो ।

दुई हजार जनासम्म संक्रमित भएमा १६ सय जनालाई आइसोलेसन बेड आवश्यक पर्ने अनुमान छ । तीमध्ये ३०० सय जनालाई कृत्रिम श्वासप्रश्वास आवश्यक पर्ने र सय जनालाई इन्टेन्सिभ केयर सर्भिस आवश्यक पर्न सक्ने स्वास्थ्य मन्त्रालयको अनुमान छ ।

पाँच हजार जनामा संक्रमण देखिएमा ४ हजार जनालाई आइसोलसन बेड, ७५० जनालाई कृतिम श्वासप्रश्वास र २५० जनालाई इन्टेन्सिभ केयर सर्भिस आवश्यक पर्ने मन्त्रालयको अनुमान छ ।

यस्तै, १० हजार संक्रमित भएमा ८ हजारलाई आइसोलेसन बेड, १ हजार ५ सयलाई कृत्रिम श्वासप्रश्वास र करिब ५ सय जनालाई इन्टेन्सिभ केयर सर्भिस आवश्यक पर्ने अनुमान छ ।

हालका आइसोलेसन बेड, आइसियु र भेन्टिलेटरले ३ हजार जनाभन्दा बढी संक्रमितको उपचार गर्न ठूलो कठिनाइ हुनेछ । सरकारको अनुमानअनुसार १० हजार जना संक्रमित भएमा गम्भीर प्रकृतिका संक्रमितका पनि आइसियु र भेन्टिलेटर हुने छैन ।

संक्रमित बढी देखिएका प्रदेश १, प्रदेश २ र प्रदेश ५ का कोरोना विशेष अस्पतालहरूमा संक्रमितका लागि आइसोलेसन बेड अभाव हुन थालेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर कोरोना संक्रमितका लागि ३ हजार २०९ वटा आइसोलेसन बेड छन् ।

मन्त्रालयका अनुुसार प्रदेश १ मा ४४९, प्रदेश २ मा ३०२, बाग्मती प्रदेशमा ९७५, गण्डकी प्रदेशमा २४६ वटा आइसोलेसन बेड छन् । यस्तै, प्रदेश ५ मा ५३४, कर्णाली प्रदेशमा ५४० र सुदूरपश्चिम प्रदेशमा १६३ वट आइसोलेसन बेड छन् ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीका अनुसार कोरोना व्यवस्थापन निर्देशिका अनुसार सरकारले आइसोलेसन बेड व्यवास्थापन गरिँदै छ ।

‘स्वास्थ्य मन्त्रालयको निर्देशिकाअनुसार संक्रमितलाई आइसोलेसनमा राखिन्छ,’ डा. अधिकारीले भने, ‘सोही निर्देशिका अनुसार कहाँ कति बेड बढाउने भनेर मन्त्रालयले पनि तयारी गरिहेको छ, सीसीएमसीले पनि छलफल र निर्णय गरिरहेको छ ।’

स्वास्थ्य मन्त्रालयले कोरोनाको महामारी फैलिएको अवस्थामा संक्रमितको पहिचान, रोकथाम र उपचारका लागि ‘हेल्थ सेक्टर इमर्जेन्सी सेस्पोन्स प्लान’ बनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका निजी र सरकारी अस्पतालमा १६ हजार ९ सय ३० वटा बेड छन् । यी मध्ये १९४ वटा अस्पतालमा १ हजार ५९५ वटा आइसीयु र ८४० वटा भेन्टिलेटर छन् । यो स्वास्थ्य मन्त्रालयले गत वैशाख ३ गतेसम्मको हो ।

देशभरका १११ वटा अस्पतालमा कोरोना क्लिनिक सञ्चालन गरेको कोरोनाका स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै, २८ वटा अस्पताललाई कोरोना विशेष अस्पतालका रुपमा व्यवस्थित गरिएको छ ।

सहप्रवक्ता डा. अधिकारीका अनुसार त्यसयता केही आइसियु र भेन्टिलेटर थप भएपनि मन्त्रालयले यकिन तथ्यांक तयार पारेको छैन ।
जनस्वास्थ्य विज्ञहरू भने नेपालमा कोरोना संक्रमित बढ्न सक्ने बताउँछन् । जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेका अनुसार परीक्षणको दायरा नबढाई कति मान्छे संक्रमित छन् भन्ने यकिन गर्न सकिँदैन ।

‘अहिले बढी संक्रमित देखिएका प्रदेशहरूमा अझै बढ्न सक्छन्, काठमाडौँमा पनि धेरै परीक्षण भएको छैन, कतिमा संक्रमण छ भन्न सकिँदैन’ डा. पाण्डेले भने, ‘धेरै संक्रमित देखिएका क्षेत्रमा पीसीआर मेसिन राखेर परीक्षण बढाउनु पर्छ ।’

संक्रमित बढ्दै जाँद जटिल प्रकारका बिरामी पनि बढ्न सक्ने भएकाले बढी संक्रमित देखिएका क्षेत्रमा आइसियु र भेन्टिलेटरको संख्या पनि बढाउनुपर्ने डा. पाण्डेको भनाइ छ ।

‘भेन्टिलेटर, आइसियु थप गर्न सरकारले मित्रराष्ट्रसँग समन्वय गरेर समयमै व्यवस्थापन गर्नुपर्छ । आइसियु तथा भेन्टिलेटरमा काम गर्ने जनशक्ति तयार राख्नुपर्छ,’ डा. पाण्डेले भने, ‘हरेक स्थानीय तहका स्वास्थ्यकर्मीलाई तालिम दिएर क्षमता बढाउनु पर्छ ।’ परीक्षणको दायरा बढाएर उपचार व्यवस्थित गर्न अझै पनि संक्रमण भयावह रोक्न सकिने रोक्ने उनको भनाइ छ ।

डा. पाण्डेका अनुसार भयावह अवस्था आउन नदिन सरकारलाई अझै पनि मौका छ । तयारीमा ढिला गर्नु हुँदैन । परीक्षणको दायर फराकिलो भएन, सीमा नाका सील गर्न ढिलाइ र सीमानाकामा अलपत्र नेपालीलाई व्यवस्थित गर्न सकिएन भने आपत आउन सक्छ ।
बिहीबार अपराह्नसम्ममा नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २४६ पुगेको छ । यीमध्ये ३५ जना निको भएर फर्केका छन् । अन्य संक्रमित विभिन्न अस्पतालमा छन् ।

परीक्षणको संख्या बढेसँगै संक्रमितहरू भेटिन थालेका छन् । संक्रमित भेटिने क्रम बढ्दै जाने अनुमान सरकारी अधिकारीहरूको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या बढ्ने देखिन्छ । डा. पाण्डेले खबरहबसँग भने, ‘भारतबाट आउने जाने क्रम चलिरहेको छ, अहिलेको अवस्था हेर्दा त अब संक्रमितको संख्या अझै बढ्न सक्छ ।’

नारायाणी अस्पतालमा कार्यरत डा. उदयनारायण सिंह पनि संक्रमितको संख्या बढ्दै जाने बताउँछन् । उक्त अस्पतालमा एक सयभन्दा बढी संक्रमित रहेकाले आइसोलेसन बेड नै अभाव हुने उनको भनाइ छ ।

लुम्बिनी प्रादेशिक अस्पतालले सञ्चालन गरेको कोरोना विशेष अस्पताल, बुटवलमा पनि आइसोलेसन बेड भरिएको छ । उक्त अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालका अनुसार नयाँ बिरामी थपिए भने राख्ने बेड छैन ।

प्रकाशित मिति : १ जेठ २०७७, बिहीबार  ६ : ५२ बजे

हेलिकप्टरबाट गर्भवतीको उद्धार

लमजुङ – दूधपोखरी गाउँपालिका–२ विचौरस्थित स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि

जनताका दुःख दूर गर्न मिलेर अगाडि बढ्नुपर्छ : उपप्रधानमन्त्री सिंह

धनुषाधाम – उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले जनताका दुःख

भारत रुसको वास्तविक साझेदार : पुटिन

काठमाडौं – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारतलाई वास्तविक साझेदारको संज्ञा

प्रकाश भुजेलको गाडीले ठक्कर दिएको मोटरसाइकल चालकको मृत्यु

काठमाडौं – झाक्री प्रकाश भुजेल सवार गाडीले मोटरसाइकललाई ठक्कर दिँदा

महिला क्रिकेट खेलाडीले प्राप्त गरेको सफलता गौरवपूर्ण : प्रचण्ड

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, ‘प्रचण्ड’ले पछिल्लो