कालीमाटी तरकारी तथा फलफूल बजारमा आरडीटी र पीसीआर परीक्षण थालियो « Khabarhub

कालीमाटी तरकारी तथा फलफूल बजारमा आरडीटी र पीसीआर परीक्षण थालियो


१ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाले कालिमाटी तरकारी तथा फलफूल बजारमा र्‍यापिड डाइग्नोष्टिक परीक्षण (आरडीटी) र पोलिमेयर चेन रियाक्सन (पीसीआर) परीक्षण शुरु गरेको छ ।

काठमाडौ महानगरले कालीमाटी तरकारी तथा फलफूल विकास समिति र इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखासँग समन्वय गरेर परीक्षणको प्रबन्ध गरेको हो ।

बजार क्षेत्रभित्रबाट बिक्री हुने तरकारी, फलफुल र माछा ढुवानी गर्ने चालक र सहचालक, भरिया तथा मजदुर, कर्मचारी, सरसफाई मजदुर, सुरक्षाकर्मीसहित बजारसँग सम्बन्धित व्यक्तिहरुमा कोरोना भाइरस (कोभिड — १९) भए/नभएको पत्ता लगाउन यस प्रकारको परीक्षण गरिएको हो ।

परीक्षण अवलोकन गर्न महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ तरकारी बजार पुगेकि थिइन्। त्यस क्रममा उपप्रमुख खड्गी श्रेष्ठले पीसीआर परीक्षण गराइन् ।

परीक्षणको निरीक्षणपछि प्रतिक्रिया दिँदै प्रमुख शाक्यले भने — ‘उपत्यकामा संक्रमित व्यक्तिहरु देखिन थालेका छन् । यसले लकडाउनको पालना गरेर बस्नेहरुलाई शंसंकित बनाएको छ । यो आशंकालाई निवारण गर्नका लागि हामीले परीक्षण शुरु गरेका हौं । महामारी नियन्त्रणका लागि खटिने जनप्रतिनिधि र कर्मचारीलाई क्रमशः परीक्षण गर्छौं ।’

उनले जो जहाँ हुनुहुन्छ, त्यहीँ बसिदिन समे आग्रह गरे। प्रमुख शाक्यले भने — ‘सबै संयम भएर घरमा बस्न सके मात्र कोरोनामाथि बिजय गर्न सक्छौं । यसकारण अहिले कोही पनि काठमाडौंबाहिरबाट भित्र आउने र भित्रबाट बाहिर जाने नगर्नोस् । यो आउने जाने समय होइन ।’

परीक्षणपछि प्रतिक्रिया दिँदै उपप्रमुख खड्गी श्रेष्ठले भनिन्— ‘अहिले जसलाई भेटे पनि शंका गर्नुपर्ने अवस्था छ । यो शंका हटाउन पनि जनप्रतिनिधिहरुले परीक्षण गराउनुपर्छ । अब यो परीक्षण महामारी नियन्त्रण गर्न खटिने सबै जनप्रतिनिधि र कर्मचारीको पहुँचमा पुर्‍याउँछौं ।’

इपिडियोमोलोजी तथा महामारी नियन्त्रण शाखा प्रमुख डा. अमृत पोखरेलकाअनुसार कम जोखिममा रहेका ७० प्रतिशत मानिसको आरडीटी र जोखिममा रहेका ३० प्रतिशत व्यक्तिको पीसीआर गर्ने योजनाबमोजिम काम भइरहेको छ ।

कालीमाटी तरकारी तथा फलफुल बिकास समितिका उपनिर्देशक बिनय श्रेष्ठकाअनुसार कालीमाटीमा इजाजत लिएर थोक तथा खुद्रा व्यापार गर्ने ५५० व्यापारी छन् । सामान्य समयमा बजारमा हरेक दिन १० हजार बढी मानिसहरुको आवतजावत हुने गर्छ । त्यसैले उनीहरुको परीक्षण आवश्यक छ ।

उनले तरकारी, फलफूल तथा माछा लिएर दैनिक औसतमा १ हजार बढी सवारी आउँने गरेको बताए । उनले भने,  ‘२ हजार बढी मोटरसाइकल आवतजावत गर्छन् । बजारसँग आश्रित ५ सय जना भरिया मजदुर छन् । बजार व्यवस्थापनका लागि ६३ जना कर्मचारी र सुरक्षाकर्मी हुनुहुन्छ भने सरसफाईमा काम गर्ने २० जना मजदुर हुनुहुन्छ ।’

जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रबिलास बज्राचार्यकाअनुसार शुक्रबार बिहान महानगरका सरसफाइमा काम गर्ने कर्मचारीको परीक्षण गर्ने कार्यक्रम तय गरिएको छ । त्यसपछि क्रमशः जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वयंसेविका, सञ्चारकर्मीहरुको परीक्षण गरिनेछ ।

प्रकाशित मिति : १ जेठ २०७७, बिहीबार  ७ : १९ बजे

बाख्रामा ‘पिपीआर’ रोगको सङ्क्रमण पुष्टि

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लामा ‘बाख्राको हैजा’ भनेर

मतदान अवधिमा आकस्मिक स्वास्थ्य सेवाका लागि मन्त्रालयले सातै प्रदेशमा तोक्यो सम्पर्क व्यक्ति 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित

पाँच वर्षे मार्गचित्र सार्वजनिक गर्दै चीनको वार्षिक राजनीतिक अधिवेशन सुरु

बेइजिङ– सुस्त बन्दै गएको अर्थतन्त्र, उच्च युवा बेरोजगारी र बाह्य

निर्वाचनको सम्पूर्ण तयारी पूरा भयो : गृह मन्त्रालय

काठमाडौं– गृह मन्त्रालयले बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी

नेपालको आँखा स्वास्थ्यमा महिलाको पहुँच

काठमाडौं– अन्तरराष्ट्रिय महिलादिवस महिला अधिकार, समानता र सशक्तीकरणको उत्सव मात्र नभई