काठमाडौंका ७ वर्षीय बालकसहित थप तीन जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित २४९ पुगे « Khabarhub

काठमाडौंका ७ वर्षीय बालकसहित थप तीन जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित २४९ पुगे


१ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या २४९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विहीबार साँझ विज्ञप्ति जारी गर्दै थप तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीले जानकारी दिए ।

उनका अनुसार काठमाडौं दहचोकका ७ वर्षीय बालक, जनकपुर धनुषाका १७ वर्षीया युवती र धादिङकी ३० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४९ पुगेको छ भने ३५ जना निको भएर घर फर्किएका छन्।

सहप्रवक्ता डाक्टर अधिकारीका अनुसार काठमाडौं र धादिङ घर भएका दुई जना संक्रमित काठमाडौंको एपीएफ अस्पतालको आइसोलेसनमै रहेका छन् ।

उनीहरूको स्वाब संकलन गरी कोरोना परीक्षणका लागि एपीएफ अस्पतालले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएको थियो।

प्रकाशित मिति : १ जेठ २०७७, बिहीबार  ८ : ४० बजे

रौतहटका सामुदायिक वनका उपभोक्तालाई आगो निभाउने सामग्री 

चन्द्रपुर– रौतहटका सामुदायिक वन उपभोक्ता समूहहरूलाई एक संस्थाले आगो निभाउनमा उपयोग

प्रधानमन्त्रीले भनिन् : दल र जेन-जी दुवैको आलोचना सहन्छौँ, तर हामी कसैको अचानो होइनौँ

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दलहरू चुनावको

पर्यटकीय गन्तव्य बन्दै ‘राइनासकोट’

सुन्दरबजार– पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय

सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

जलेश्वर– यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती