गृहले सवारी पास नदिएपछि झापामै रोकिए पूर्वराजा शाह दम्पति | Khabarhub Khabarhub

गृहले सवारी पास नदिएपछि झापामै रोकिए पूर्वराजा शाह दम्पति


१ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाह काठमाडौं आउने सवारी पास नपाएपछि झापामै रोकिएका छन् ।

पूर्वराजा शाहले काठमाडौं आउनका लागि पास उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय झापामा निवेदन दिएका थिए । प्रक्रिया नपुगेको प्रशासनले दिएको पास पनि रद्द गरेको छ ।

गृह मन्त्रालयले निर्देशनपछि प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले पास रद्द गरेको जानकारी दिए ।

पूर्वराजाका सहयोगीले इमेलमार्फत अनुमतिपत्रका लागि निवेदन दिएपछि जिप्रकाले तत्काल उपलब्ध गराएको थियो । तर, फेरि गृहमन्त्रालले प्रक्रिया नपुगेको भनेपछि त्यसलाई रद्द गरिएको प्रजिअ रानामगरले बताए ।

गृहले सहमति दिनासाथ तुरुन्तै ई–पास उपलब्ध गराउने रानामगरले बताए । पास उपलब्ध भएमा पूर्वराजा रानीले शुक्रबार काठमाडौं फर्किने छन् ।

प्रकाशित मिति : १ जेठ २०७७, बिहीबार  ९ : ३२ बजे

बागलुङमा थपिए ६३१ मतदाता

गलकोट– बागलुङमा ६३१ नयाँ मतदाता थपिएका छन् । निर्वाचन तयारीअनुसार

किसान श्रेष्ठले भने- नेकपा एस सकियो, जीवनकै ठूलो भूल सच्याएर घर फर्कियौँ

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) छाडेका पूर्वसांसद किसान श्रेष्ठ सोमबार राष्ट्रिय

सुत्केरी गराउन आएकी महिलाको मृत्युपछि भरतपुर अस्पतालमा तनाव 

चितवन– भरतपुर अस्पतालमा सुत्केरी गराउन आएकी एक महिलाको मृत्यु भएको

पशुपति पुगेर प्रधानमन्त्रीले भनिन्- राजनीतिक भर्ती केन्द्र नबनाउनु

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले पशुपति क्षेत्र विकास कोषलाई राजनीतिक भर्ती

नेपाल ट्रेड युनियन कांग्रेस नियमित महाधिवेशनको पक्षमा

काठमाडौं– नेपाल ट्रेड युनियन कांग्रेसले कांग्रेसको नियमित महाधिवेशनको पक्षमा जोड