अत्यावश्यक बाहेक उपत्यकाका सरकारी कार्यालय १५ दिन बन्द गर्ने निर्णय « Khabarhub

अत्यावश्यक बाहेक उपत्यकाका सरकारी कार्यालय १५ दिन बन्द गर्ने निर्णय


१ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयको संयुक्त बैठकले अत्यावश्यक सेवाबाहेक सबै सरकारी कार्यालय १५ दिन बन्द गर्ने निर्णय गरेका छन् ।

कोरोना संक्रमणको जोखिम बढेको भन्दै अत्यावश्‍यक सेवा प्रदान गर्नेबाहेक सबै सरकारी कार्यालय बन्दको निर्णय गरेका हुन् ।

निर्णय अनुमोदनका लागि तीनवटै प्रशासनले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वका दुई संयन्त्र उच्चस्तरीय समिति र क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)मा पठाएको छ ।

वैशाख २८ गतेबाट लागू गरिएको सरकारी कार्यालय, निर्माणसामाग्री ढुवानीलगायतमा लागू गरिएको सवारी ‘टाइमकार्ड’ पनि रद्द गर्ने निर्णय भएको छ ।

प्रशासनको यो निर्णय सीसीएमसी र उच्चस्तरीय समितिबाट अनुमोदन भए सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य, विद्युत्, दूरसञ्चार, खानेपानी, दैनिक उपभोग्य बस्तु बिक्री तथा ढुवानीसँग सम्बन्धित कार्यालय मात्रै सञ्चालन हुनेछन् ।

प्रकाशित मिति : १ जेठ २०७७, बिहीबार  ११ : ०२ बजे

रोल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

रोल्पा– रोल्पाको सुनछहरि गाउँपालिका–२ स्थित फलबाङ गाउँमा बिहीबार राति पहिरोले

झापाका किसानलाई मलको अभाव नहुने

भद्रपुर– कृषि सामग्री कम्पनी लिमिटेडले जिल्लामा मलको आपूर्ति निरन्तर गरिरहेको

होल्डिङ सेन्टरमा मृत्यु प्रकरण : शव टिचिङमा, परिवारले सरकारसँग राखे १२ बुँदे माग

काठमाडौं – वैकल्पिक व्यवस्थाबिनै घरटहरा भत्काएर विस्थापित गरिएका हिरालाल हजारा

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

काठमाडौं– इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने नुवाकोटका

२२ करोडको बुटवल वधशाला बन्द, घाँसले ढाकिँदै संरचना (तस्बिरहरू)

बुटवल- सरकारले देशभर पशु वधशाला तथा मासु जाँचसम्बन्धी व्यवस्था चरणबद्ध रूपमा