कोरोना भाइरस : विश्वभर ७८ लाख ५९ हजारभन्दा बढी संक्रमित « Khabarhub

कोरोना भाइरस : विश्वभर ७८ लाख ५९ हजारभन्दा बढी संक्रमित


३२ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साढे ५ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर ७८ लाख ५९ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।

आइबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा विश्वभर १ लाख २८ हजार ४०३ नयाँ संक्रमित थपिएका छन् ।

योसँगै संक्रमित हुनेको संख्या ७८ लाख ५९ हजार ५५७ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ हजार ३९ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ४ लाख ३२ हजार १६८ पुगेको छ ।

विश्वका २१३ मुलुक र २ पानीजहाजमा देखिएको महामारीबाट संक्रमित ३४ लाख १ हजार ८७० जनाको उपचार भइरहेको छ भने ४० लाख २५ हजारभन्दा बढी उपचारपछि निको भएका छन् ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा आइतबार बिहानसम्म १ लाख ८२ हजार ५८० जनाको मृत्यु भएको छ ।

२१ लाख ९० हजार १२२ जना संक्रमित भएकोमा ११ लाख ५८ हजार ३२७ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ४२ हजार १३५ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २४ लाख ५४ हजार ५०१ पुगेको छ । त्यसमध्ये १० लाख ४९ हजार ७८६ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा ३९ हजार ४७६ जनाको मृत्यु भएको छ । १५ लाख ७७ हजार ६७२ जना संक्रमित भएकोमा ९ लाख ६६ हजार २१ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा ५९ हजार ११५ जनाको मृत्यु भएको छ । १३ लाख ८७ हजार ७६७ जना संक्रमित भएकोमा ७ लाख २८ हजार ३९९ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ६ हजार २८३ जनाको ज्यान गएको छ भने २ लाख ३५ हजार ७०४ संक्रमित छन् । संक्रमितमध्ये १ लाख ८ हजार ८३५ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ८ हजार ९१३ जना संक्रमित भएकोमा ८ हजार ४०० जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : ३२ जेठ २०७७, आइतबार  ७ : ०० बजे

थर्पु अस्पतालमा आँखा उपचार केन्द्र सञ्चालन

दमौली– जिल्लाको म्याग्दे गाउँपालिका-४ स्थित थर्पु अस्पतालमा नियमित आँखा उपचार

भारतीय सहयोगमा निर्मित संखुवासभाको चिचिलास्थित विद्यालय भवन उद्घाटन

काठमाडौं- संखुवासभाको चिचिला गाउँपालिका ३ मा अवस्थित दिदिङ आधारभूत विद्यालयको

वीर अस्पतालका फेलोसिप चिकित्सकलाई निर्वाह भत्ता

काठमाडौं– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)अन्तर्गत सञ्चालन भइरहेका विभिन्न विषयका

कुमारी बैंक र वीनरक इन्टरनेशनलबीच सम्झौता

काठमाडौं– कुमारी बैंक लिमिटेडले उद्यमशीलता विकास तथा वित्तीय पहुँच विस्तारका

सचिवमा पराजित भएका ठाकुर गैरे र गोकुल बास्कोटा केन्द्रीय सदस्यमा बिजयी

काठमाडौं– एमाले पार्टीको केन्द्रीय सचिवमा हार व्यहोरेका ठाकुर गैरे र