शव पुर्ने ठाउँ नभएपछि पुराना कंकाल निकालिँदै « Khabarhub

शव पुर्ने ठाउँ नभएपछि पुराना कंकाल निकालिँदै


३२ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- विश्वभर कोरोना संक्रमण हुने संख्या ७८ लाख ७२ हजार भन्दा बढी नाघिसकेको छ।

त्यसैगरी, मृत्यु हुनेको संख्या ४ लाख ३२ लाख नाघेको छ । त्यसैक्रममा संक्रमणको नयाँ केन्द्र बनिरहेको ब्राजिलमा शव गाड्ने ठाउँ नभएर पुराना कंकालहरुलाई खाल्डो खनेर निकाल्नु परेको छ ।

पछिल्लो समय ब्राजिलमा मृत्यु हुने संख्या बढेका कारण पुराना शवहरुलाई निकाल्नु परेको हो। ब्राजिलको साओ पाउलो शहरमा पुराना शव वा कंकाललाई झिकेर नयाँ शव गाड्नु परेको छ।

ब्राजिलमा यस्तो अपरम्परागत योजना चिहानघारी खाली गर्न गरिएको हो । पुराना कंकालहरुलाई निकालेर ठूला ठूला कन्टेनरमा भण्डारण गरिँदैछ। साउ पाउलो शहरका अधिकारीहरुका अनुसार उक्त पुराना कंकाललाई भण्डारण गरि १५ दिन भित्र देशका विभिन्न चियानघाटमा पुर्याइने छ।

कोरोनाका कारण एक करोड २० लाख जनसंख्या भएको ब्राजिलमा ४२ हजार सात सय ९१ जनाको ज्यान गइसकेको छ भने संक्रमित हुनेको संख्या ८ लाख ५० हजार ७९६ पुगेका छन् ।

जनताले सामाजिक दूरी पनि उल्लंघन गरेको कारण देशमा अझै धेरै संकट आउने ब्राजिलका स्वास्थ्य अधिकारीहरुले जनाएका छन्। वोर्ल्डोमिटरका तथ्यांक अनुसार ब्राजिल विश्वभर कोरोना प्रभावित मुलुकहरु मध्ये दोस्रो नम्बरमा छ। त्यसैगरी उक्त सुचीको पहिलो नम्बरमा संयुक्त राज्य अमेरिका रहेको छ।

प्रकाशित मिति : ३२ जेठ २०७७, आइतबार  ११ : ४६ बजे

चाडपर्वका बेला हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न सम्बद्ध निकाय परिचालन

काठमाडौं- सरकारले चाडपर्वको समयमा बजारमा हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण

१४५ दिनपछि प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, ३५ विधेयक दर्ता, २० विचाराधीन र ११ प्रमाणीकरण

काठमाडौं- सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि

कांग्रेस महाधिवेशनमा रवि, ओली र दाहाल उपस्थित हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

ताइवान आइपुगे अमेरिकाबाट खरिद गरिएका नयाँ एफ-१६ भी फाइटर जेट

एजेन्सी- चीनसँग तनाव जारी रहेका बेला अमेरिकाबाट खरिद गरेका ६६

काठमाडौंमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित विशेष सुरक्षा योजना