नयाँ नक्सा प्रतिनिधिसभाबाट पास भएपछि विप्लवले गरे सरकारको प्रशंसा « Khabarhub

नयाँ नक्सा प्रतिनिधिसभाबाट पास भएपछि विप्लवले गरे सरकारको प्रशंसा


३२ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतले अतिक्रमित भूमि समेटर नयाँ नक्सा निकालेकोमा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारको प्रशंसा गरेका छन् ।

कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्सा शनिबार प्रतिनिधिसभाबाट पारित भएसँगै विप्लवले विज्ञप्ति जारी गर्दै सरकारको उक्त कदमको प्रशंका गरेका हुन् ।

यद्यपि, सरकारले स्वतस्फूर्त भन्दा पनि जनमत र संघर्षको दबाबमा परेर ओली सरकारले संसद्बाट नक्सा पास गर्न बाध्य भएको उनको भनाइ छ ।

‘सरकार संसद्को यो निर्णयले देशको हितमा एक कदम भए पनि अगाडि बढेको छ,’ उनले जारी गरेको बिज्ञप्तिमा भनिएको छ, ‘नक्सा मात्र परेर जनजागरणलाई मत्थर पार्ने कार्यमा मात्र सीमित नभइ, यथाशीघ्र कुटनीतिक र राजनीतिक पहल गरेर कालापानी क्षेत्रबाट भारतलाई फर्काउन र यी भूभागलाई नेपालको प्रत्यक्ष स्वामित्वमा लिन अगाडि बढ्न आवश्यक छ भन्ने धारणा स्पष्ट पार्न चाहन्छौं ।’

उनले सरकारको मुख मात्र नताकेर देशको सार्वभौमिकता र स्वाधिनताका पक्षमा हरदम जागरुक रहन पनि अनुरोध गरेका छन् ।

प्रकाशित मिति : ३२ जेठ २०७७, आइतबार  १२ : १० बजे

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन प्रणाली सुधार गर्न निर्देशन

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण र

‘मास्टर्नी’को प्रिमियरमा प्रियंकाको ‘सुक्क सुक्क’

काठमाडौं – नायिका प्रियंका कार्कीका लागि फिल्मको प्रिमियर एक सामान्य

एमालेलाई सघाएपछि राप्रपा बागमती दलका नेता थापा प्रदेश सभा र पार्टीबाट निलम्बित

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले बागमती प्रदेशस्थित संसदीय दलका नेता उद्धव

रविको जवाफ : प्रतिनिधि सभाको दुईतिहाइबाट मात्रै संविधान संशोधन सम्भव छैन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आफ्ना सल्लाहकार अशिम शाहलाई खटाएर नेपालको

देउवालाई गगनको कटाक्ष : पाँच पटक प्रधानमन्त्री भएको व्यक्ति छैटौँ पटक हुन पाइनँ भनेर असन्तुष्ट हुन्छ

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाप्रति कटाक्ष