मनसुनी वायुको प्रभाव : केही स्थानमा भारी वर्षाको सम्भावना « Khabarhub

मनसुनी वायुको प्रभाव : केही स्थानमा भारी वर्षाको सम्भावना


३२ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मनसुनी वायुको प्रभावले आइतबार देशको केही स्थानमा भारी वर्षा हुने भएको छ ।

शुक्रबार देशको पूर्वी भूभागबाट प्रवेश गरेको मनसुनी वायुको प्रभावले आज प्रदेश नं १ र प्रदेश नं २ को एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुन देशभर फैलिन एक साता लाग्ने मौसमविद् समिर श्रेष्ठले बताए । नेपालमा मनसुन भित्रिएसँगै मौसमी गतिविधि बढ्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । हाल देशको प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशको तराईका भूभाग तथा पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

दिउँसो प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश, प्रदेश नं ५ का केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहनुका साथै प्रदेश नं १ र २ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमबार देशभर पूर्ण बदली रही प्रदेश नं १, २, वाग्मती, गण्डकी र प्रदेश नं ५ का केही स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको बताइएको छ । मङ्गलबार सुदूरपश्चिम र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा पूर्ण बदली रही प्रदेश नं १, २, गण्डकी र प्रदेश नं ५ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २१ दशमलव पाँच डिग्री र अधिकतम तापक्रम ३० दशमलव दुई डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १५ दशमलव छ डिग्री र सबैभन्दा बढी नेपालगञ्जको अधिकतम तापक्रम ३७ दशमलव छ डिग्री सेल्सियस रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान

जेठ ३२ गते (आइतबार)
दिउँसो : प्रदेश १ र प्रदेश २ मा पूर्ण बदली रही देशका अन्य प्रदेशहरूमा सामान्य बदली रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको संभावना रहेको छ।प्रदेश १ र प्रदेश २ को एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

राति : सुदुर पश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पुर्ण बदली रहनेछ प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको संभावना रहेको छ। गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

असार ०१ गते (सोमबार)
दिउँसो : देशभर पूर्ण बदली रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना छ। सुदुर पश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

राति : सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पुर्ण बदली रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना छ। गण्डकी प्रदेश र प्रदेश ५को एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

असार ०२ गते (मंगलबार)
दिउँसो : सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पुर्ण बदली रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको संभावना रहेको छ। प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५का एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

राति : सुदुर पश्चिम प्रदेश र प्रदेश ५ मा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पुर्ण बदली रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको प्रदेश ५को एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

प्रकाशित मिति : ३२ जेठ २०७७, आइतबार  १२ : ३८ बजे

हिन्दू राष्ट्रबारे गृहमन्त्रीले सहमति गरे या मागपत्र बुझे ?, १३ बुँदे दस्तावेजले अर्को तरङ्ग

काठमाडौं- जनकपुरधाममा गृहमन्त्री सुधन गुरुङ र संयुक्त हिन्दू मोर्चाबीच भएको

माथिल्लो जुनबेँसी आयोजनाको प्रसारण लाइनबारे सुझाव माग

काठमाडौं– सोलुखुम्बुको माथिल्लो जुनबेँसी खोला जलविद्युत् आयोजनाको विद्युत् प्रसारण लाइन

साउदी युवराजले दिएका थिए इरानमाथि आक्रमण रोक्न ट्रम्पलाई दबाब

काठमाडौं- इरानमाथिको आक्रमण रोक्न साउदी अरेबियाका युवराज तथा प्रधानमन्त्री मोहम्मद

हिन्दू राष्ट्रको मागमा सहमति संविधानविपरीत : सुदन किराती

काठमाडौं- श्रम संस्कृति पार्टीका वरिष्ठ नेता तथा पूर्वमन्त्री सुदन किरातीले

पूर्वराष्ट्रपति भण्डारीले गरिन् नेकपा सहसंयोजक नेपाललाई सम्मान

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाका सहसंयोजक माधवकुमार नेपाललाई सम्मान गरेकी