पिँजडाको चरा | Khabarhub Khabarhub

पिँजडाको चरा


३२ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज विश्वभर शान्तिसहितको मौन अशान्ति छाएको छ । यो पुस्ताका लागि गज्जबको अनुभूति भइरहेको होला अहिले किनकी सबैजना घरभित्र छन् । के यो अशान्तिको शंखनाद भएको हो । मानिसहरुको भीडमा नाँच्ने शान्ती अहिले घरभित्रको एक्लोपना र एकान्तवासमा पनि एकखालको अशान्ति छाएको छ ।

चरा मार्ने शिकारी, चरा समात्ने ब्यापारी, आन्दोलनमा ढुङ्गा हान्ने आन्दोलकारी, चरा मार्न ढुङ्गा हान्ने शिकारी, आखिर ढुङ्गा त ढुङ्गा नै हो । चाहे फलामका बारभित्र बस्ने चरा होस् या घरका भित्ताहरु भित्र बस्ने मान्छेहरु हुन्, कैद त कैद नै हो ।

म यहाँ दुई थरिका ढुङ्गा जोड्दैछु, एउटा ढुङ्गा चरालाई लाग्छ अनि चरा ढल्छ, अर्को ढुङ्गा सडकमा लाग्छ अनि सत्ता ढल्छ । हरेक ढुङ्गाहरुमा कैदको आवेग छ, कैदको अन्त छ अनि कैदको शुरुवात छ, मुख्यता हरेक ढुङ्गामा पिँजडाको जोखिम छ अनि एउटा कथा छ । हाम्रो पात्रोको लोकप्रिय अडियो पोडकाष्ट सिरिजका कथाकार । उनले कथा भन्ने श्रृंखला रोकेर गीत लेखनतर्फ लागेका छन् र तयार भएको छ उन्को “पिँजडाको चरा” यससँगै यो गीत देशकै पहिलो ओरिज्नल Acapella कम्पोजिसन पनि बन्न सफल भएको छ ।

भिडियो हेर्नुहोस्ः

“शिरीष फूल भ्रमर चुम्बनमै ओइली झर्छ”, पारिजातको कृतिमाथि साहित्यकार शंकर लामिछानेको यो हाइकुले सम्पूर्ण शिरिषको फूल कृतिलाई नै बाँधेर राखेको छ । यसरी एउटा वाक्यांशमा कथा भनेकी पारिजात झै यस समयका ‘कथाकार’ले चरा, स्वतन्त्रता अनि पिँजडालाई जोडेर गीत कथे, पिँजडाको चरा ।

अनि यसलाई स्वर दिएका छन् नेपाली सङ्गीतका दुई सुरिला भविष्य अंकितबाबु अधिकारी र प्रथम भ्वाइस अफ नेपालका फाइनलिष्ट सप्तक दुतराजले, उत्पादन गर्यो ‘आर्टमाण्डू’ले अनि तयार भयो यो गीत, पिँजडाको चरा ।

यो गीत पहिलो पटक मैले कथाकार दाइबाट प्राप्त गर्दा यो प्रश्नवाचक अभिव्यक्तिमा लेखिएको शब्द च्यालेञ्जिङ छ भन्ने कुरामा म तयार थिएँ । दाइलाई गिटारको ट्यूनमा लय भरेर पठाएँ वहाँले मन पराउनुभो । तर जब हाम्रा साउण्ड डिजाइनर सार्दूल श्रेष्ठसँग कामगर्न बसे उसले, “दाई यो गीतलाई एकापेला (Acapella – कुनै पनि वाद्यवादन प्रयोग नगरी मुखबाटै विभिन्न धूनहरु निकाली तयार पारीने सङ्गीतको कठिन विधा) मा गरौं” भन्ने सल्लाह दियो, यो अर्को चुनौति थपियो । त

र जब हामी तीन जना म, सार्दूल तथा आर्टमाण्डूका संस्थापक तथा चलचित्र निर्देशक नविन चौहानसँग यस सम्बन्धमा छलफलका लागि बस्यौं “गरौं, सकिन्छ” भन्ने निश्कर्ष पछि ३ हप्ताको नतिजा हो यो “पिँजडाको चरा” ।

“मज्जा आयो मलाई त, अंकितले पूर्वीय सङ्गीत र मैले पश्चिमी शैलीमा कवितालाई गाउनुपर्ने जानकारी आएसँगै म एक्साइडेट थिएँ । मेरो पहिलो आफ्नै गीत, त्यो पनि नेपालकै पहिलो ओरिज्नल Acapella कम्पोजिसनमा । गाउने भनेपछि शरीरमा खै एउटा बेग्लै खालको उर्जाको सञ्चार हुन थाल्छ । रेकर्डिङ रमाइलो रह्यो । शब्द सुनेरै वाव फिल गरें । हामीसबैले यस गीतलाई एउटा कथा बनाउन मिहिनेत गरेका छौं” प्रथम भ्वाइस अफ नेपालका फाइनलिष्ट गायक सप्तक दुतराजले बताउनुभयो ।

पिँजडाको चरा
घरको बन्द कोठा भित्र सीमित
कैदमा भन को छ अहिले?
अज्ञात अचेत सब लम्पसार परेर
घमण्ड तेरो कता छ अहिले?
घरको बन्द कोठा भित्र सीमित
कैदमा भन को छ अहिले?

कता गए तेरा प्रतिद्वन्द्वी सबै
कोसँग जोतिदों होस् अहिले?
कसको भाषा बोल्छस दिलदार बनेर
उदण्डता तेरो कता छ अहिले?
घरको बन्द कोठा भित्र सिमित
कैदमा भन को छ अहिले?

कसरी बाँच्दो होस् आफ्नै पिँजडामा
बाटो फराकिलो पार्न गुँड उजाडिस् तैंले
जलचर, जीवको बाटोवार गरेर
यत्रो कंक्रिट जङ्गलको भन के काम छ अहिले?
घरको बन्द कोठा भित्र सिमित
कैदमा भन को छ अहिले?

घरको बन्द कोठा भित्र सिमित
कैदमा भन को छ अहिले?

यो धर्तीको सुवास बदल्ने यात्रालाई विकासको नाम दिंदै गयौं
यही धर्तीको बित्ता-बित्ताको ऋणी तर आधूनिक बन्ने होडमा
हामीले धर्तीलाई धेरै सुनायौं, धेरै चलायौं
अब धर्तीको सुनौं, चुप लागेर धर्तीको सुनौ ।

“गीतमा अहिले विश्व समूदाय र समूदायसँगै यो पृथ्वीले, यो प्रकृतिले विकासका नाममा भोगेको हेपाई तथा करुणा हराएको कथा समेटिएको छ । धर्तिको ब्यथा पोखेको छ, धर्तिको आवाज समेटेको छु ।

प्रकृतिका हरेक जीव, जलचर, चराचुरुङ्गी, किटपतङ खुल्ला आकाशमुनी स्वच्छ हावामा रमाएका छन् भने बन्द कोठाभित्र मानव सभ्यता थुनिएको यथार्त समेटेको छु । अत्ति भएपछि क्षति हुन्छ यही अर्थ समेटिएको छ गीतमा ।

स्वतन्त्र प्रकृति र सृजनाहरुको ताकत हामीले अवमूल्यन गर्दै गयौं, हेप्दै गयौं र प्रकृतिले सहन नसकेपछि उनको प्रतिकारको असर कस्तो हुन्छ यही प्रश्न छ गीतमा । आखिर हामी सबै त्यही प्रकृतिकै एउटा चरा न भएका छौं तर थुनिएका चरा ।

यो गीतले COVID-19 को प्रकोपका कारण प्रारम्भ वैश्विक लकडाउनको सन्दर्भमा मानिसको अहंकारको मजाक उडाउँदछ ।” गीतका रचनाकार तथा हाम्रो पात्रोको लोकप्रिय पोडकाष्ट सिरिज “कथाकार”का प्रस्तुतीकर्ता ‘कथाकार’ सन्तोष देवकोटाले बताए ।

यो धर्तीकाहरुसँगको सम्वाद हो पिँजडाको चरा । गीतमा पृष्ठभूमि लकडाउनको छ अनि सृष्टीपछिका अनन्त कथाहरुको सारसंक्षेप समेटिएको छ । ‘कथाकार’ले गीत पनि लेख्छन्, सुनिहेरौं यो गीत, हेरिहेरौं यो चल्ने तस्वीर, म त भन्छु यो सुन्ने हैन हेर्ने गीत हो, यो बुझाउने हैन मनन गर्ने कथा हो ।

प्रकाशित मिति : ३२ जेठ २०७७, आइतबार  २ : ४७ बजे

पार्किङ सुरू भएपछि खुले न्यूरोडका सटर (तस्बिरहरू)

काठमाडौं– न्यूरोड ताम्राकार हाउस क्षेत्रमा ग्राहकहरूको मोटरसाइकलमा व्हील लक गरेको

आत्मनिर्भर बनाउन भरतपुर महानगरको तालिम

चितवन– भरतपुर महानगरपालिकाले ७७९ जनालाई सीपमूलक तालिम प्रदान गरेको छ

विदेशी भूमिमा रहेका नेपालीको स्वामित्व राज्यले लिनुपर्छ : श्रममन्त्री 

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले विदेशी भूमिमा

नागरिक उड्डयन प्राधिकरणको संरचनागत सुधार अपरिहार्य : विज्ञहरू

काठमाडौं– मुलुकको हवाई क्षेत्रलाई व्यवस्थित, सुरक्षित र भरपर्दो तुल्याउन नेपाल

पत्रकार दिलभूषण पाठकसँग अदालतले माग्यो २५ हजार धरौटी

काठमाडौं- भिडियो समाचार बनाएकै आधारमा नेपाल प्रहरीबाट साइबर अपराधको मुद्दा