नेपालमा थप ४२५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५ हजार ७६० पुग्यो | Khabarhub Khabarhub

नेपालमा थप ४२५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५ हजार ७६० पुग्यो


३२ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा आइतबार थप ४२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ७६० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ५ हजार ७६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या ५ हजार ७६० पुगेको जानकारी दिएका हुन् ।

डा गौतमका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका २५ जना पुरुष, सुनसरीका एकजना पुरुष र झापाका एक जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यस्तै कोशी अस्पताल बिराटनगरमा गरिएको परीक्षणमा सप्तरी जिल्लाका एकजना महिला र ९ पुरुष भएको छ । यस्तै नारायणी अस्पताल वीरगन्जमा गरिएको परीक्षणमा पर्साका ३ महिला र १४ जना पुरुष, बाराका ९ जना पुरुष, सर्लाहीका एक जना पुरुष र रौतहटका सात जना पुरुष मा संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरा गरिएको परीक्षणमा नवलपरासी पूर्वका दुई जना पुरुषमा संक्रमण पुष्टि भएको छ । यस्तै सेती अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बझाङका २ महिला र तीन पुरुष,डडेल्धुराका दुई महिला र २२ पुरुष,डोटीका एक महिला र दुई पुरुष कैलालीका एक महिला र ११ जना पुरुष, कञ्चनपुरका ३ जना महिला र १७ जना पुरुष रहेका छन् ।

यसैगरी भेरी अस्पताल बाँकेमा गरिएको परीक्षणमा बर्दीयाका एक महिला र दुई पुरुष, बाँकेका तीन पुरुष र रुकुम पश्चिमका एक जनामा संक्रमण पुष्टि भएको छ।

प्रवक्ता डाक्टर गौतमका अनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको प्रयोगशालामा प्यूठानका दुईजना पुरुष, दाङका १३ महिला र ४१सम्म पुरुषमा संक्रमण पुष्टि भएको छ।

त्यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा रौतहटका एक महिला र १६ जना पुरुष र धनुषाका एक जना पुरुषमा संक्रमण पुष्टि भएको छ । यस्तै धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा रामेछापका दुई जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीका एक महिला र ७ जना पुरुष, नवलपरासी पश्चिमका दुई जना पुरुष, रुपन्देहीका दुई महिला र १८ जना पुरुष र पाल्पाका एक महिला १६ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक अस्पताल सुर्खेत को प्रयोगशालामा गरिएको परीक्षणमा सुर्खेतका ६ महिला र ३४ पुरुष, दैलेखका ४ महिला र २५ पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

यसैगरी किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा रौतहटका एकजना पुरुष र सिन्धुलीका एक जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा धादिङका ६ जना महिला १९ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरेको परीक्षणमा रौतहटका दुई महिला र ४९ पुरुष, रुपन्देहीका ६ जना पुरुष र सर्लाहीका पाँच जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५ हजार ७६० पुगेको छ । संक्रमितमध्ये १९ जनाको मृत्यु भएको छ ।

डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६१ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । ६ महिला र ५५ पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ९७४ पुगेको छ ।

हालसम्म ९ सय ७४ जना निको भए

नेपालमा पछिल्लो २४ घण्टामा ६१ जना कोरोना भाइरस संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ९ सय ७४ पुगेको छ ।

पछिल्लो पटक डिस्चार्ज हुनेमध्य ६ महिला र ५५ जना पुरुष रहेका छन् ।

हालसम्म १९ जनाको मृत्यु

नेपालमा आइतबार थप १ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गुल्मी धुर्कोट-४ जैसीथोकका एक २६ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको पुरुषको जानकारी दिएको छ ।

यसअघि नेपालमा कोरोनाका कारण सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय पुरुष, बारा कलैयाका ७० वर्षीय वृद्धको मृत्यु भएको छ ।

त्यसैगरी ललितपुर महानगरपालिका वडा नं. २२ का एक जना पुरुष, अर्घाखाँची भुमिकास्थान नगरपालिका-९ पुरुष, दैलेखको दुल्लु–११ का ३५ वर्षीय पुरुष, बाजुराकी २ वर्षीया बालिका, दोलखाका दोलखाका ७६ वर्षीय पुरुष, पाल्पाका पुर्वखोला गाउँपालिका सिलुवाका ४५ वर्षका पुरुषको पनि कोरोनाका कारण ज्यान गएको छ ।

यसैगरी डोल्पाको जगदुल्ला गाउँपालिका ३ निवासी ५८ वर्षका पुरुष, सुर्खेतको पञ्चपुरी नगरपालिका-१ हाँसेका २८ वर्षीय पुरुष, कैलाली धनगढी उपमहानगरपालिका वडा नम्बर ४ की ५५ वर्षीया महिला, स्याङ्जाका ५८ वर्षीय पुरुष, भरतपुर नगरपालिका-११ बस्ने ६८ पुरुष, अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर–४ का ५७ वर्षका पुरुष, बाराका एक पाँच वर्षे बालक र अर्का वेवारिसे भेटिएका एक पुरुष गरी १८ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : ३२ जेठ २०७७, आइतबार  ४ : २२ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन