राष्ट्र बैंकका पाँच कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर « Khabarhub

राष्ट्र बैंकका पाँच कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर


३२ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल राष्ट्र बैंकका ५ जना कार्यकारी निर्देशकको जिम्मेवारी फेरिएको छ । राष्ट्र बैंकले ५ जना कार्यकारी निर्देशकहरुको सरुवा गरेको हो ।

जस अनुसार कार्यकारी निर्देशकहरु विश्रुत थापा, भुवन कँडेल, पीताम्बर भण्डारी, रेवती नेपाल र रामु पौडेललाई विभिन्न विभागमा सरुवा गरिएको छ ।

वित्त कम्पनी सुपरीवेक्षण विभागमा रहेका रामु पौडेललाई जनशक्ति व्यवस्थापन , जनशक्ति व्यवस्थापन विभागमा रहेका पीताम्बर भण्डारीलाई वित्त कम्पनी सुपरीवेक्षण विभागमा सरुवा गरिएको छ ।

त्यस्तै, आन्तरिक लेखापरीक्षण विभागका भुवन कँडेललाई भुक्तानी प्रणाली विभाग, भुक्तानी प्रणाली विभागका रेवती नेपाललाई मुद्रा व्यवस्थापन विभाग र मुद्रा व्यवस्थापन विभागका विश्रुत थापालाई आन्तरिक लेखापरीक्षण विभागमा सरुवा गरिएको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : ३२ जेठ २०७७, आइतबार  ६ : ३० बजे

मिटरब्याज पीडित र सरकारी टोलीबीच आज दोस्रो चरणको वार्ता हुँदै

काठमाडौँ – मिटरब्याज पीडित र सरकारबीच आज दोस्रो चरणको वार्ता

पौडीको शक्ति बन्दै क्यानडा

१६ वर्षीय समर म्याककन्टोसले चार सय मिटर फ्रिस्टाइलमा विश्व कीर्तिमान

कांग्रेस त्यागेका वाग्ले रास्वपाबाट उम्मेदवार

काठमाडौँ – अर्थशास्त्री डा. स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपचुनाव

रमेश खरेल स्वतन्त्र पार्टीबाट उपचुनाव लड्दै

काठमाडौँ- सुशासन पार्टीका अध्यक्ष रमेश खरेल राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपचुनाव

कर्णालीका मुख्यमन्त्री शर्माले आज दोस्रो पटक विश्वासको मत लिँदै

काठमाडौँ – कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज प्रदेशसभाबाट दोश्रो