राष्ट्र बैंकका पाँच कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर « Khabarhub

राष्ट्र बैंकका पाँच कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर


३२ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल राष्ट्र बैंकका ५ जना कार्यकारी निर्देशकको जिम्मेवारी फेरिएको छ । राष्ट्र बैंकले ५ जना कार्यकारी निर्देशकहरुको सरुवा गरेको हो ।

जस अनुसार कार्यकारी निर्देशकहरु विश्रुत थापा, भुवन कँडेल, पीताम्बर भण्डारी, रेवती नेपाल र रामु पौडेललाई विभिन्न विभागमा सरुवा गरिएको छ ।

वित्त कम्पनी सुपरीवेक्षण विभागमा रहेका रामु पौडेललाई जनशक्ति व्यवस्थापन , जनशक्ति व्यवस्थापन विभागमा रहेका पीताम्बर भण्डारीलाई वित्त कम्पनी सुपरीवेक्षण विभागमा सरुवा गरिएको छ ।

त्यस्तै, आन्तरिक लेखापरीक्षण विभागका भुवन कँडेललाई भुक्तानी प्रणाली विभाग, भुक्तानी प्रणाली विभागका रेवती नेपाललाई मुद्रा व्यवस्थापन विभाग र मुद्रा व्यवस्थापन विभागका विश्रुत थापालाई आन्तरिक लेखापरीक्षण विभागमा सरुवा गरिएको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : ३२ जेठ २०७७, आइतबार  ६ : ३० बजे

मध्यअफ्रिकी गणतन्त्रमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनाका लागि मध्यअफ्रिकी गणतन्त्रमा संयुक्त

माइतीघरमा एक महिलाद्वारा आत्मदाहको प्रयास

काठमाडौं- राजधानीमा एक जना महिलाले आत्मदाहको प्रयास गरेकी छन् ।

हङ्गेरीद्वारा १० रुसी कूटनीतिज्ञलाई देश छाड्न आदेश

बुडापेस्ट- हङ्गेरीले कूटनीतिज्ञका लागि अस्वीकार्य गतिविधिमा संलग्न भएको आरोप लगाउँदै रुसी

गृहमन्त्री सहभागी कार्यक्रमबारे क्रान्तिशिखाको प्रश्न : यही दिन देख्न थियो महान् सहिदहरूको बलिदान ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले जेन-जी आन्दोलनका सहिद

‘जेनजी आन्दोलनमा बाह्य तत्वको घुसपैठ छ भन्ने कुरामा मलाई विश्वास छैन’

काठमाडौं– जेन-जी पुस्ताका युवाहरूले गतवर्षको भदौ २३ र २४ गते