सलह भगाउन टिन र थाल ठटाउँदै « Khabarhub

सलह भगाउन टिन र थाल ठटाउँदै


३० असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्युठान – प्युठानका गाउँगाउँमा फेरि सलह भित्रिएको छ ।

सोमबार बिहानदेखि जिल्लाका प्रायः सबैजसो क्षेत्रमा फैलिएको सलह मकैबालीमा छिरेपछि किसानले टिन र थाल ठटाउँदै सलह भगाउन थालेका छन् ।

किसानले धुवाँ बाल्ने, टिन, थाल, जर्किनलगायतका स्थानीय सामग्री ठटाउँदै सलह भगाउन खोज्दा पनि नभागेपछि किसान थप चिन्तित बनेका छन् ।

लाखौँको सङ्ख्यामा भएकाले भगाउन नसकिएको प्युठान नगरपालिका–१ का कृषक भोजबहादुर बस्नेतले बताए ।

उनका अनुसार सलहले धान, मकै, तरकारी बालीमा नोक्सान पुर्‍याइरहेको छ । ‘बालीभरि ढाक्ने गरी सलह बसेको छ’, कृषक बस्नेतले भने, ‘हाम्रो केही उपाय लागेन ।’

प्युठान नगरपालिकाका १० वडामा सलह फैलिएको छ । पाकिस्तानबाट भारत हुँदै नेपाल प्रवेश गरेको सलह जिल्लाका गाउँगाउँमा पुगेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ (धान–जोन) प्युठानका निमित्त प्रमुख कृषि अधिकृत सुमन खनालले जानकारी दिए ।

आइतबार सरुमारानी गाउँपालिका–१ बाङ्गेशालमा देखिएको सलह सोमबार प्युठानका गाउँगाउँमा प्रवेश गरेको थियो । सलहले प्युठान नगरपालिकासँगै जिल्लाका नौबहिनी, ऐरावती, गौमुखी, सरुमारानी, माण्डवी र भिमरुक गाउँपालिकामा बाली नष्ट गरेको अधिकृत खनालको भनाइ छ ।

कोरोनाको तनावका बीच भित्रिएको सलहले हुर्कँदै गरेको कोदो र मकैबाली नष्ट गरेपछि खाद्यान्न अभाव हुने भएपछि किसान चिन्तामा परेका छन् । क्षतिको यकिन तथ्याङ्क सङ्कलन गरी राहत दिन किसानले सरकारसँग आग्रह गरेका छन् ।

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  ८ : २९ बजे

साइमेक्स इंकले छल्न सकेन भन्सार राजस्व, अदालतले अन्तरिम आदेश नदिएपछि बुझायो रकम

काठमाडौं– चिनियाँ कम्पनी बिवाइडीको नेपालमा आधिकारिक बिक्रेता साइमेक्स इंक कम्पनी

कुसुमले दीपक खड्कालाई भनिन् : अदालतका कर्मचारीदेखि न्यायाधीशसम्म मिलाएको छु भन्दै नहिँड्नुहोला

काठमाडौं– नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा पूर्वसांसद कुसुम थापाले कांग्रेस

रंगशाला देख्दा झस्किने धुर्मुश !

काठमाडौं – जनताबाट रकम उठाएर चितवनमा रंगशाला बनाउने महत्वकांक्षाले हाँस्य

अन्नबालीमा वन्यजन्तुको आतंक, टिमुरखेतीमा आर्कषित किसान

पाल्पा– यहाँका किसान टिमुरखेतीमा आर्कषित भएका छन् । खेतबारीमा लगाएको

अमेरिका–इरान तनाव घटाउन पाकिस्तानी उच्चस्तरीय टोली इरान भ्रमणमा

काठमाडौं– अमेरिका र इरानबीच जारी तनाव तथा द्वन्द्व अन्त्यका लागि पाकिस्तानले