छिमेकीको बच्चाले साग बारी कुल्चेछ, खुट्टा भाँचेर पठाइदिने?: माग्ने बूढा « Khabarhub

छिमेकीको बच्चाले साग बारी कुल्चेछ, खुट्टा भाँचेर पठाइदिने?: माग्ने बूढा


३० असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हास्यकलाकार केदार प्रसाद घिमिरे (माग्ने बूढा) ले सामाजिक सञ्जालमा अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलालाई गाली नगर्न अनुरोध गरेका छन् ।

केही समयदेखि निरौलालाई सामाजिक सञ्जालमा दर्शकले गाली गरिररहेका छन् । अभिनेता राजेश हमाललाई ‘महानायक’ नभनेको भन्दै हमालका फ्यानहरु उनीविरुद्ध खनिएका छन् ।

निरौलाको सामाजिक सञ्जालमा व्यापक विरोध भएपछि कतिपय सेलिब्रेटीले उनलाई गाली नगर्न दर्शकलाई आग्रह गरिरहेका छन् ।

विवाद उत्कर्षमा पुगेका बेला माग्ने बूढाले हमालका फ्यानलाई माफी दिन अनुरोध गरेका छन् । उनले राजेश हमालसँग आफूले पनि व्यक्तिगत रुपमा माफी मागेका छन् ।

‘दिदी (दीपाश्री निरौला) को गल्ती थियो, माफी पनि मागी सक्नुभयो, म पनि महानायक राजेश दादासँग् व्यक्तिगत रुपमा माफी माग्दछु,’ उनी लेख्छन्, ‘कुन गल्तीको सजाय कति भन्ने पनि त होला नि, छिमेकीको बच्चाले साग बारी कुल्चेछ, खुट्टा भाँचेर पठाइदिने त ?’

केदारले दीपाश्री निरौलाको जिब्रो चिप्लेको बताएका छन् । ‘अघिपछि राजेश दाइका बारेमा सकारात्मक कुरा गर्ने मान्छे, त्यो दिन दिदीको ठूलै दशा रहेछ,’ उनी भन्छन् ।

केदारले गल्ती मान्छेबाटै हुने भएकाले सच्चिएर अगाडि बढ्न मौका दिन र गाली नगर्न समेत अनुरोध गरेका छन् । ‘गल्ती मान्छेबाटै हुने हो, सच्चिएर अगाडि बढ्ने मौका दिनुहोस्,’ माग्ने भन्छन् ।

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  १० : २७ बजे

क्युरेक्स फर्मास्युटिकल्सको ‘प्यान्टोलोक–डीएसआर’ औषधि बजारबाट फिर्ता गर्न निर्देशन

काठमाडौं– औषधि व्यवस्था विभागले क्युरेक्स फर्मास्युटिकल्स प्रालि, बनेपाद्वारा उत्पादित ‘प्यान्टोलोक–डीएसआर’

बर्नहम–म्याक्रोन वार्ता, बेलायत-फ्रान्स सहकार्य बढ्ने

एजेन्सी– बेलायतका प्रधानमन्त्री एन्डी बर्नहम र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनबीच

आयोजनाका प्राविधिकको सहयोग लिएर लाङटाङको सुरुङबाट सेनाले निकाल्यो दुईजनाको शव

रसुवा- रसुवाको लाङटाङ खोला जलविद्युत् आयोजनाको सुरुङबाट नेपाली सेनाले दुईजना

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम दाखिला गर्नेक्रम बढ्दै

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम दाखिला गर्नेक्रम बढ्दै गएको

उजाड स्याफ्रुबेंसी : जहाँको बजार नै बग्यो, स्थानीयको आश्रय केही बाँकी रहेन (तस्बिरहरू)

रसुवा- नुवाकोटको बेत्रावती हुँदै भोटेकोशी बाढीपछि सडकमार्गबाट पुग्न सकिने अन्तिम