उडिरहेको विमानको शौचालयमा ‘बम नोट’ भेटिएपछि आपत्कालीन अवतरण « Khabarhub

उडिरहेको विमानको शौचालयमा ‘बम नोट’ भेटिएपछि आपत्कालीन अवतरण


३० असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- पोल्याण्डको क्र्याकोफबाट आयरल्याण्डको डब्लिनतर्फ उडिरहेको एउटा विमानको शौचालयमा जहाजभित्र विस्फोटक पदार्थ भएको दाबी गरिएको पत्र भेटिएपछि आपत्कालीन अवतरण गराइएको छ।

राइनएयरको उक्त उडानलाई ब्रिटेनको स्टानस्टेड विमानस्थलतर्फ मोडिएको थियो जहाँ एसेक्सका प्रहरीहरूले विमानको जाँच गरेका थिए।

स्थानीय समय अनुसार साँझको ६ बजेर ४० मिनेटमा अवतरण गर्नुअघि दुईवटा लडाकू जेटले विमानलाई पहरा दिएका थिए।

त्यसक्रममा रोयल एयर फोर्सको जेटहरूले गरेको हतारोपूर्ण उडानबारे मानिसहरूले सामाजिक सञ्जाल ट्विटरमा पोष्टहरू गरेका थिए।

विमान सेवाका एकजना प्रवक्ता भन्छन्,”विमान सामान्य रूपमै अवतरण भयो। सुरक्षित रूपमै यात्रुहरू विमानस्थलको एक्ल्याइएको कुनामा उत्रनुपर्‍यो।”

उनले विज्ञप्तिमा भनेकी छन्: यूके प्रहरीले विमान र यात्रुहरूको जाँच गरिरहेको छ। र उनीहरूले नै अर्को विमानमा उनीहरू डब्लिनतर्फ उड्ने बारे निर्क्यौल गर्नेछन्।

प्रहरीले अहिले विमानलाई एक्लो ठाउँमा लगेर जाँच गरिरहेको छ। बीबीसीबाट

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  १० : १५ बजे

गगनले गरे कोशी र मधेसका नेता सांसदसँग छलफल

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जुम बैठक र काठमाडौंमा

माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो

काठमाडौं– काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले माइतीघरमण्डला क्षेत्रमा वर्षायाममा

सुनचाँदीको मूल्य वृद्धि

काठमाडौं- स्थानीय बजारमा आज सुनको मूल्य केही बढेको छ ।

भाडा नतिरेपछि सार्वजनिक पुस्तकालयसहितका ‘स्टल’ बन्द

काठमाडौं– नेपाल सरकारको निर्णयअनुसार भृकुटीमण्डपस्थित काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालयसहित लामो

मन्दिरमा मृत भेटिएका व्यक्तिको घटनालाई धार्मिक विषय नबनाउन प्रहरीको अपिल

धनुषा– प्रहरीले धनुषाको सबैला नगरपालिका–१२ नहरचोकस्थित हनुमान मन्दिर परिसरमा एक