उडिरहेको विमानको शौचालयमा ‘बम नोट’ भेटिएपछि आपत्कालीन अवतरण « Khabarhub

उडिरहेको विमानको शौचालयमा ‘बम नोट’ भेटिएपछि आपत्कालीन अवतरण


३० असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- पोल्याण्डको क्र्याकोफबाट आयरल्याण्डको डब्लिनतर्फ उडिरहेको एउटा विमानको शौचालयमा जहाजभित्र विस्फोटक पदार्थ भएको दाबी गरिएको पत्र भेटिएपछि आपत्कालीन अवतरण गराइएको छ।

राइनएयरको उक्त उडानलाई ब्रिटेनको स्टानस्टेड विमानस्थलतर्फ मोडिएको थियो जहाँ एसेक्सका प्रहरीहरूले विमानको जाँच गरेका थिए।

स्थानीय समय अनुसार साँझको ६ बजेर ४० मिनेटमा अवतरण गर्नुअघि दुईवटा लडाकू जेटले विमानलाई पहरा दिएका थिए।

त्यसक्रममा रोयल एयर फोर्सको जेटहरूले गरेको हतारोपूर्ण उडानबारे मानिसहरूले सामाजिक सञ्जाल ट्विटरमा पोष्टहरू गरेका थिए।

विमान सेवाका एकजना प्रवक्ता भन्छन्,”विमान सामान्य रूपमै अवतरण भयो। सुरक्षित रूपमै यात्रुहरू विमानस्थलको एक्ल्याइएको कुनामा उत्रनुपर्‍यो।”

उनले विज्ञप्तिमा भनेकी छन्: यूके प्रहरीले विमान र यात्रुहरूको जाँच गरिरहेको छ। र उनीहरूले नै अर्को विमानमा उनीहरू डब्लिनतर्फ उड्ने बारे निर्क्यौल गर्नेछन्।

प्रहरीले अहिले विमानलाई एक्लो ठाउँमा लगेर जाँच गरिरहेको छ। बीबीसीबाट

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  १० : १५ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका