वाजिरिस्तानमा आतंकवादीसँगको झडपमा चार पाकिस्तानी सैनिकको मृत्यु « Khabarhub

वाजिरिस्तानमा आतंकवादीसँगको झडपमा चार पाकिस्तानी सैनिकको मृत्यु


३० असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद – पाकिस्तानको उत्तरी वाजिरिस्तान क्षेत्रमा लुकिछिपी बसेका आतंकवादीहरुसँग भएको झडपका क्रममा परी कम्तीमा पनि चार जना पाकिस्तानी सेनाको ज्यान गएको समाचारमा जनाइएको छ ।

उक्त क्षेत्रमा आतंकवादीहरु लुकिछिपी बसेका सूचना पाएपछि पाकिस्तानको सैनिकले सोही अवस्थामा कारबाही गरेको थियो । उक्त कारबाहीका क्रममा ती सैनिक मारिएको पाकिस्तान सरकारले जनाएको छ । सोमबार ती सैनिक मारिएको बताइएको हो ।

सो कारबाहीका क्रममा कम्तीमा पनि चार जना पाकिस्तानी सैनिक मारिएका छन्, पाकिस्तानी सेनाको स्रोतलाई उद्धृत गर्दै पाकिस्तानको एक दैनिक पत्रिका डनले जनाएको छ ।

पाकिस्तानी सेनाले प्रकाशन गरेको सो विज्ञप्तिमा उत्तरी वाजिरिस्तानमा आतंकवादीहरुलाई खोजी गएको सेनामाथि लुकेर बसेका आतंकवादीहरुले हमला गरेका थिए । पाकिस्तानी सेनाले त्यसको जवाफी फायर गरेको र सेनातर्फ चार जनाको ज्यान गएको पाकिस्तानका सैनिक अधिकारीले जनाएका छन् ।

गत महिनामा पनि सोही क्षेत्रमा पाकिस्तानी सेनाका दुई जना सदस्यको यसैगरी ज्यान गएको थियो । तर यस आक्रमणका विषयमा कुनै पनि आतंकवादी संगठनले भने केही बताएको छैन ।

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  १२ : २० बजे

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

आज र भोलि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं – आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा

राष्ट्रपतिमा निर्वाचित भएमा हमासको शासन अन्त्य गर्ने आसेनकोटको प्रतिबद्धता

काठमाडाैं – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका मुख्य प्रतिद्वन्द्वी इजरायली विपक्षी

आजका समाचार : सुनारले बुझाए जवाफ, भित्रियो चार खर्ब रेमिट्यान्स र अस्ट्रेलियामा बढ्यो बेरोजगारी

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह अर्थमन्त्री डा.