जेलबाट छुटेपछि चन्दा आतंक मच्चाउँदै पाकेटमार नाईके सुमन « Khabarhub

जेलबाट छुटेपछि चन्दा आतंक मच्चाउँदै पाकेटमार नाईके सुमन


३० असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सुमन श्रेष्ठ (ज्यापु) । यो नाम सुन्ने वित्तिकै सिन्धुपाल्चोकका अधिकांश निर्माण व्यवसायी र व्यापारीहरु डराउने गर्छन् । किनकी उनले हतियारको आडमा ब्यापारीहरुलाई धम्काएर चन्दा आतंक नै मच्चाएका छन् ।

केही समयअघि मात्र लागुऔषध मुद्दामा पाँच वर्ष सजाय भुक्तान गरी जेलमुक्त भएका सुमन श्रेष्ठले व्यापारीलाई धम्काएर जबरजस्ती चन्दा आतङ्क मच्चाउन थालेको ब्यापारीहरु बताउँछन् । उनको केही गर्छकी भन्ने डरले ब्यापारीहरुले प्रहरीमा उजुरीसम्म गर्न सक्दैनन् ।

अहिले पनि श्रेष्ठले सिन्धुपाल्चोकका ठेकेदारहरुलाई हतियार देखाएर ज्यान मार्ने धम्की दिँदै जबरजस्ती रकम उठाउने गरेको व्यवसायीको गुनासो छ । श्रेष्ठको गतिविधिले सिन्धुपाल्चोकका व्यापारी आजित भएका छन् ।

नाम नबताउने सर्तमा सिन्धुपाल्चोकका एक निर्माण व्यवसायीले भने, ‘मागेको रकम दिन पर्ने रे, नदिए तेरो परिवारको के होला भन्ने हतियार देखाउने उसको त्रासले बाहिर निस्कन मुस्किल समेत भयो ।’

परिवारलाई मार्ने धम्की दिएका कारण श्रेष्ठविरुद्ध पीडितहरु प्रहरीमा उजुरी गर्ने डराउने गरेका छन् । श्रेष्ठले सस्तोमा सुन र डलर छ भन्दै विभिन्न व्यक्तिलाई एकान्तमा बोलाउने अनि हतियार देखाएर भएको रकम र सरसामान लुटपाट समेत गर्ने गरेको पाइएको छ ।

यस बाहेक उपत्यकामा चल्ने सार्वजनिक सवारी साधनमा समूह नै बनाएर श्रेष्ठले पाकेटमारीको धन्दा सञ्चालन गर्दै आएको प्रहरीले यसअघि नै खुलासा गरेको थियो ।

श्रेष्ठलाई प्रहरीले पटक–पटक पटके कारवाही गरेको थियो । श्रेष्ठले सिन्धुपाल्चोकका युवाहरुलाई काठमाडौँ ल्याएर आफ्नो समूहमा समावेश गरी पाकेटमारी, चोरी लुटपाट जस्ता कार्यमा गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । श्रेष्ठले काठमाडौंको बौद्ध क्षेत्रमा समेत जबर्जस्ती चन्दा माग्ने गरेको स्थानीय व्यापारीले बताएका छन् ।

को हुन् सुमन ?

सिन्धुपाल्चोक जिल्लाको जुकुल गाउँपालिका ३ घर भएका सुमन श्रेष्ठ (ज्यापु) केही समयअघि मात्र लागुऔषध मुद्दामा पाँच वर्ष सजाय भुक्तान गरी जेलमुक्त व्यक्ति हुन् ।

प्रहरी रेकर्डमा लागुऔषध मुद्दा मात्र होइन, राजधानीमा हुने पाकेटमार समुहका नाईके भनेर उनको नाम दर्ता छ । उनले उपत्यकामा चल्ने सार्वजनिक सवारी साधनमा समूह नै बनाएर श्रेष्ठले पाकेटमारीको धन्दा सञ्चालन गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

सुमन पाकेटमारी, चोरी, लुटपाट जस्ता मुद्दामा पटक–पटक जेल पर्दै छुट्दै गर्ने व्यक्ति हुन् ।

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  १२ : १५ बजे

काठमाडौं–दुबई उडान आज रातिदेखि पुनः सञ्चालनमा

काठमाडौं- फ्लाई दुबईले बुधबार रातिदेखि दुबई–काठमाडौं–दुबई उडान पुनः सञ्चालन गर्ने

मध्यपूर्वको युद्धमा बालबालिकाको थप क्षति हुनुहुँदैन : राष्ट्रसङ्घ

जेनेभा– बाल अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय समितिले मध्यपूर्वको युद्धको क्रममा इरानी

भरतपुर माविलाई बनाइयो नमूना मतदानस्थल

काठमाडौं– बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनका लागि चितवनस्थीत भरतपुर माविलाई नमूना

६ प्रकारका सरकारी कागजातमध्ये एक सक्कलप्रतिले मतदान गर्न पाइने

काठमाडौं– बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाता परिचयपत्र

मध्यपूर्वको परिस्थितिका कारण नेपालमा आयोजना हुने लिग-२ का खेलहरू स्थगित

काठमाडौं- नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइसिसी क्रिकेट विश्वकप लिग-२