समानुपातिकलाई प्रधानमन्त्रीले हेपेको सांसद विकको गुनासो « Khabarhub

समानुपातिकलाई प्रधानमन्त्रीले हेपेको सांसद विकको गुनासो


१६ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सोमबार प्रधानमन्त्री बालेन शाहले विभिन्न प्रदेशका सांसदहरुसँग छलफल गरेका छन् । सोही क्रममा कर्णालीका संसदहरुलाई पनि प्रधानमन्त्री कार्यलय बोलाइएको थियो ।

तर समानुपातिक सांसदहरुलाई गेटबाटै फिर्ता पठाइएको भन्दै नेपाल कम्युनिष्ट पार्टीकी सांसद पार्वती विश्वकर्माले दुख व्यक्त गरेकी छिन् ।

प्रधानमन्त्रीले बोलाएको बैठकमा निर्धारित समयमा पुगेपनि सहभागी हुन नपाएको उनको गुनासो छ ।

‘आज प्रधानमन्त्री बालेन्द्र साहले कर्णालीका संसदहरुलाइ प्रधानमन्त्री कार्यलयमा बोलाएर छलफल गर्दै हुनुहुन्छ । त्यहाँ सामाणुपातिक प्रणालीबाट गएका संसदहरुलाई गेटबाटै फर्काइयो । जो अपमानको सिकार म आफू पनि भएँ ।’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्, ‘विश्वमा भएका निर्वाचन प्रणालीहरु मध्यमा हाम्रो देशमा मिश्रित निर्वाचन प्रणाली छ, जो मध्य संविधानतः ६० प्रतिशत प्रत्यक्ष हो भने ४० प्रतिशत सामानुपातिकबाट निर्वाचित आउने हो । निर्वाचन प्रणाली मात्र फरक हो संसदको प्रमाणपत्र र शपथ खाइसके पछि । सबै जनाप्रतिनिधिसभा सदस्यको भूमिका हुन्छन् । प्रधानमन्त्रीज्यूले गरेको यो अपमान को मूल्य उहाँलाइ चर्को पर्न सक्छ ।’

विश्वकर्मा प्रतिनिधिसभामा जाजरकोटबाट सामानुपातिक तर्फबाट प्रतिनिधित्व गर्छिन् ।

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार  ४ : ५८ बजे

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार