धितोपत्र बजार: नेप्सेमा सामान्य वृद्धि | Khabarhub Khabarhub

धितोपत्र बजार: नेप्सेमा सामान्य वृद्धि


३० असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज ५.०४ अङ्कले उकालो लागेर एक हजार ३४७.४४ मा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक १.९५ ले वृद्धि भई २४८.१८ मा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कुल १८६ कम्पनीका २५ लाख ६८ हजार १२४ कित्ता शेयर रु ९९ करोड ४५ लाख ४५ हजार १०९ मा खरिदबिक्री भए । कारोबार भएका कूल १२ मध्ये आज पाँच उपसमूहको शेयरमा वृद्धि भएको छ भने सात उपसमूहको शेयर ओलारो लागेको छ ।

बैंकिङ ४.०९, होटल ५५.२९, जलविद्युत् २.९५, लघुवित्त ६४.९४ र सामूहिक लगानी कोष ०.१२ ले वृद्धि भएको छ । यस्तै व्यापार १४५७, विकास बैंक १.६९, वित्त ४.७५, निर्जीवन बीमा ६.४१, उत्पादन २३.९७, अन्य २ र जीवन बीमा १९.४३ले घटेको छ ।

कारोबारका आधारमा पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर रु ११ करोड १० लाख १२ हजार २४३ बराबरको कारोबार भयो ।

यस्तै एनएमबी बैंक रु छ करोड ८६ लाख ८८ हजार १७६, नेपाल लाइफ इन्स्योरेन्स रु पाँच करोड एक लाख ६३ हजार ५३४, एनआइसी एशिया रु चार करोड ७६ लाख ४२ हजार ४०६, छिमेक लघुवित्त विकास बैंक रु चार करोड ११ लाख ८८९, साना किसान विकास बैंक रु तीन करोड ९९ लाख ८० हजार ६४७, हिमालयन डिष्टिलरी रु तीन करोड ६५ लाख ८२ हजार ६१६ र नविल बैंकको शेयर रु दुई करोढ २३ लाख ५९ हजार ३३० मा कारोबार भयो ।

आज सबैभन्दा बढी एनआइसी एसिया ब्यालेन्स फण्ड र एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाको शेयरधनीले सामान १०÷१० प्रतिशतले कमाए । यस्तै नवीन व्यालेन्स फण्ड–२ ९.९९, नेपाल सेवा लघुवित्त ९.९७, घोडाघोडी लघुवित्त ९.९५, गुराँस लघुवित्त ९.९०, महिला सहयात्रा माइक्रोफाइनान्स ९.८० र नविल इक्विटी फण्डका लगानीकर्ताले ९.०३ प्रतिशतले कमाए ।

यस्तै समृद्धि फाइनान्स कम्पनी ६.६७, राधी विद्युत् कम्पनी ५.०३, युनाइटेड फाइनान्स ४.०७, मल्टीपर्पस फाइनान्स ३.६७, विसाल बजार कम्पनी ३.६६, हिमालयन पावर पार्टनर ३.६२, माउन्टेन हाइड्रो ३.६१ र सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ३.०२ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  ४ : ३२ बजे

कोशीमा धारा १६८ (५)अनुसार नै सरकार गठन गर्न आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई