नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ६१ पुग्यो « Khabarhub

नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ६१ पुग्यो


३० असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा मंगलबार थप ११६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

पछिल्लो २४ घण्टामा ४ हजार ३६१ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ३४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १० हजार ३२८ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३८ पुगेको छ ।

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  ४ : २४ बजे

ट्रम्पको धम्कीविरुद्ध ग्रिनल्यान्डमा विशाल प्रदर्शन

नुक– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीपूर्ण अभिव्यक्तिको विरोध गर्दै शनिबार

विभिन्न सांस्कृतिक कार्यक्रमसहित सातदिने ट्राफिक सप्ताह सम्पन्न

काठमाडौं– काठमाडौँ उपत्यकामा सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमप्रति नागरिकलाई

वामदेव, नारायणकाजी र भगवतीले प्रतिनिधि सभामा उठ्न राष्ट्रिय सभा छाडे

काठमाडौं- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको चुनावमा उठ्न

कञ्चनपुरमा महिला मतदाता बढी

कञ्चनपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदाताको

आईसीसी महिला टी–२० छनोट : थाइल्याण्डसँग नेपाल पराजित

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको पहिलो खेलमा नेपाल