‘प्रधानमन्त्रीको अभिव्यक्ति कसैको संवेदना र भावनामा ठेस पुर्‍याउन लक्षित छैन’ « Khabarhub

‘प्रधानमन्त्रीको अभिव्यक्ति कसैको संवेदना र भावनामा ठेस पुर्‍याउन लक्षित छैन’


३० असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा २०७औँ भानु जयन्तीका अवसरमा दिनुभएको अभिव्यक्तिप्रति विविध व्याख्या र प्रस्तुतीकरण भएकामा गम्भीर ध्यानाकर्षण भएको बताउँदै कसैको भावना र संवेदनामा ठेस पुर्‍याउने नियत नरहेको स्पष्ट गरेको छ ।

परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी नेपाली भाषामा रामायणका लेखक आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा सोमबार प्रधानमन्त्रीले दिएको अभिव्यक्ति कुनै पनि राजनीतिक विषयसँग सम्बन्धित नरहेको र कुनै पनि व्यक्तिको संवेदना र भावनामा ठेस पुर्‍याउने नियत नरहेको जनाएको छ ।

श्रीराम र श्रीरामसँग सम्बन्धित धेरै स्थानका बारेमा बहुधा कल्पित कथा र प्रसङ्ग रहेको र सोही सन्दर्भमा प्रधानमन्त्रीले रामायण र श्रीरामसम्बन्धी विशाल सांस्कृतिक भूगोलका साथै राम र रामायणसँग सम्बन्धित उन्नत सभ्यताको थप अध्ययन–अनुसन्धान गर्नुपर्ने महत्व दर्शाउने क्रममा टिप्पणी गरेको मन्त्रालयले जनाएको छ । “अयोध्याको महत्ता र त्यसको सांस्कृतिक मान्यता अवमूल्यन गर्नेतर्फ प्रधानमन्त्रीज्यूको अभिव्यक्ति लक्षित थिएन”, विज्ञप्तिमा भनिएको छ ।

परम्परागत रुपमा विवाह पञ्चमी महोत्सवको आयोजना हुने गरेको र भारतको अयोध्याबाट नेपालको जनकपुरमा हरेक वर्ष जन्ती आउने गरेको उल्लेख गर्दै विज्ञप्तिमा दुई वर्षअघि नेपाल र भारतका प्रधानमन्त्रीले जनकपुर–अयोध्या यात्रु बस सेवा प्रारम्भ गर्नुभएको स्मरण गरेको छ ।

‘यी वास्तविकताले लामो समय देखिको नेपाल र भारतका साथै दुवै देशका जनताको सम्बन्धलाई पुष्टि गर्दछ’, परराष्ट्र मन्त्रालयले उल्लेख गरेको छ ।

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  ११ : १७ बजे

साइमेक्स इंकले छल्न सकेन भन्सार राजस्व, अदालतले अन्तरिम आदेश नदिएपछि बुझायो रकम

काठमाडौं– चिनियाँ कम्पनी बिवाइडीको नेपालमा आधिकारिक बिक्रेता साइमेक्स इंक कम्पनी

कुसुमले दीपक खड्कालाई भनिन् : अदालतका कर्मचारीदेखि न्यायाधीशसम्म मिलाएको छु भन्दै नहिँड्नुहोला

काठमाडौं– नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा पूर्वसांसद कुसुम थापाले कांग्रेस

रंगशाला देख्दा झस्किने धुर्मुश !

काठमाडौं – जनताबाट रकम उठाएर चितवनमा रंगशाला बनाउने महत्वकांक्षाले हाँस्य

अन्नबालीमा वन्यजन्तुको आतंक, टिमुरखेतीमा आर्कषित किसान

पाल्पा– यहाँका किसान टिमुरखेतीमा आर्कषित भएका छन् । खेतबारीमा लगाएको

अमेरिका–इरान तनाव घटाउन पाकिस्तानी उच्चस्तरीय टोली इरान भ्रमणमा

काठमाडौं– अमेरिका र इरानबीच जारी तनाव तथा द्वन्द्व अन्त्यका लागि पाकिस्तानले