मन्त्रिस्तरीय विपद् अनुगमन व्यवस्थापन समिति गठन « Khabarhub

मन्त्रिस्तरीय विपद् अनुगमन व्यवस्थापन समिति गठन


३० असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- प्रदेश नं २ को सरकारले आज मन्त्रिस्तरीय विपद् अनुगमन व्यवस्थापन समिति गठन गरेको छ ।

यस प्रदेशमा वर्षा, बाढी र पहिराबाट भएका क्षतिको अनुगमन गरी पीडित पक्षलाई राहतका साथै व्यवस्थापनलगायत कार्यका लागि मन्त्रिपरिषद्को आजको बैठकले सो समिति गठन गरेको हो ।

बैठकले भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलको संयोजकत्वमा आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादव र उद्योग, वन पर्यटन तथा संस्कृतिमन्त्री रामनरेश राय सदस्य रहने गरी तीन सदस्यीय समिति गठन गरेको छ ।

समितिलाई हालै प्रदेशको आठवटै जिल्लामा बाढीबाट भएको क्षतिको स्थलगत निरीक्षण तथा अनुगमन गरी पीडितलाई उपलब्ध गराउनुपर्ने राहत तथा अन्य मर्मतसम्भारजस्ता कार्यहरुको सिफारिस प्रदेश सरकारलाई गर्ने जिम्मेवारी दिइएको मुख्यमन्त्रीका प्रेस संयोजक आतिश मिश्रले जानकारी दिए ।

समितिले गरेको सिफारिसका आधारमा प्रदेश सरकारले पीडित परिवारहरुलाई राहत उपलब्ध गराउनेछन् ।

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  ७ : २३ बजे

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका

माइतीघरमा टेण्ट टाँगेर बसेकालाई रातभरिमा खाली गर्न प्रहरीको उर्दी

काठमाडौँ । काठमाडौँको माइतीघरमा धर्नामा बसेकाहरूलाई तत्काल उक्त ठाउँ छोडेर

एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित

३० भदौ, टोकियो (रासस/एपी) ।आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रका कम्पनीको शेयर

सुडान तीव्र भोकमरी र विस्थापन सङ्कट : राष्ट्रसङ्घ

३० भदौ, न्युयोर्क (रासस/क्युएनए) । संयुक्त राष्ट्रका एक वरिष्ठ अधिकारीले