अयोध्याबारे प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक विषयसँग सम्बन्धित होइन : परराष्ट्र « Khabarhub

अयोध्याबारे प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक विषयसँग सम्बन्धित होइन : परराष्ट्र


३० असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘भगवान राम’ को जन्मभूमिबारे दिएको अभिव्यक्ति राजनीतिक विषयसँग सम्बन्धित नभएको स्पष्ट पारेको छ।

मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गरी आदिकवि भानुभक्त आचार्यको २०७औं जन्मजयन्तीका अवसरमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको फरक व्याख्या भएको भन्दै त्यसमा स्पष्ट पारेको हो । उक्त अभिव्यक्ति कसैको भावनामा चोट पुर्‍याउने मनसायबाट नआएको समेत परराष्ट्रले जनाएको छ।

राम र उनीसँग जोडिएका धार्मिकस्थलबारे धेरै मिथ र सन्दर्भ सामग्री रहेको भन्दै परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीले ‘रामायणले समेट्ने विशाल सांस्कृतिक क्षेत्र, राम, रामायण र यो समृद्ध सभ्यताबारे थप अध्ययन र अनुसन्धानमा जोड दिएको’ दाबी गरेको छ।

‘प्रधानमन्त्रीको अभिव्यक्ति अयोध्याको महत्व र यसको सांस्कृतिक मूल्यको अवमूल्यन गर्नका लागि थिएन’, विज्ञप्तिमा भनिएको छ।

हरेक वर्ष विवाह पञ्चमीको अवसरमा भारतको अयोध्यादेखि नेपालको जनकपुरसम्म जन्ती आउने प्रचलन रहेको समेत जनाइएको छ

दुवै देशका प्रधानमन्त्रीले सन् २०१८ को मे महीनामा रामायण सर्किटको उद्घाटन गर्दै जनकपुर-अयोध्या यात्रुवाहक बस सेवा सञ्चालन गरेको सन्दर्भ जोड्दै परराष्ट्रले विज्ञप्तिमा भनेको छ, ‘यस्ता तथ्यले दुई देशका संस्कृति र जनताबीचको सौहार्दपूर्ण सम्बन्धबारे प्रकाश पार्छन्।’

नेपाल र भारतका जनताबीचको सांस्कृतिक सम्बन्धलाई नेपालले महत्त्वका साथ लिएको पनि जनाइएको छ ।

प्रधानमन्त्री ओलीको अभिव्यक्तिको सत्तारुढ नेकपाका नेताहरूले नै आलोचना गरिरहेका छन् । उनको अभिव्यक्ति पदीय जिम्मेवारी र कूटनीतिक मर्यादाअनुसार नआएको उनीहरूको भनाइ छ ।

२९ असारमा भानु जयन्तीका अवसरमा बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भारतले नक्कली अयोध्या खडा गरेर सांस्कृतिक अतिक्रमण गरेको आरोप लगाएका थिए।

प्रधानमन्त्रीको अभिव्यक्तिको नेपाल र भारतमा समेत सार्वजनिक रुपमा आलोचना भएपछि परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारि गरेको हो ।

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  ७ : ३० बजे

बदनाम गर्न मविरुद्ध संगठित रूपमै अफवाह फैलाइयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रूपमा अफवाह

एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई

सुकुम्वासीको नयाँ सङ्कट: आश्रयस्थलमा बढ्दै लागुऔषध दुर्व्यसनी

काठमाडौँ – थापाथलीस्थित बागमती नदी किनारबाट विस्थापित भई कीर्तिपुरको राधास्वामीस्थित

वसन्त ऋतुको हिमाल आरोहण सकियो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ– सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित

०८३ को सुरुवात : दयनीय बक्स अफिस कलेक्सन

काठमाडौँ- ०८३ सालको सुरुवाती दुई महिना नबित्दै ११ वटा फिल्म