कोरोना महामारीलाई मध्यनजर गर्दै मौद्रिक नीति ल्याउन सुझाव « Khabarhub

कोरोना महामारीलाई मध्यनजर गर्दै मौद्रिक नीति ल्याउन सुझाव


३० असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसले कोरोना महामारीक विषम परिस्थितिलाई मध्यनजर गरी व्यवसायीलाई सहज रुपमा चल्ने खालको मौद्रिक नीति ल्याउन सुझाव दिएको छ।

मंगलबार सहमहामन्त्री डाक्टर प्रकाश शरण महतको संयोजकत्वमा गठित ‘कोरोनापछि उत्पन्न परिस्थिति अनुगमन समिति’ले  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटगरी यस्तो सुझाव दिएको हो ।

समितिले साना तथा मझौला व्यवसायीहरुलाई सहुलियतपूर्ण ऋणको व्यवस्थाका साथै कोरोना महामारीको यस विषम परिस्थितिलाई सम्बोधन हुने गरी मौद्रिक नीति ल्याउन सुझाव दिएको हो ।

उद्योगधन्दा चल्ने वातावरण नभएकोले व्यवसाय सन्चालन गर्न कठिन भएको गुनासो व्यवसायीले गरिरहेको भन्दै यसतर्फ ध्यान दिन समेत समितिले राष्ट्र बैंकलाई आग्रह गरेको छ।

टोलीमा समितिका संयोजक डा. प्रकाश शरण महतको नेतृत्वमा समितिका सदस्यहरु एनपी साउद, डा. चन्द्र भन्डारी, राजिब बिक्रम शाह, डा. प्रभु बुढाथोकी, डा.पोसराज पान्डे, नैनसिंह महर सहभागी थिए।

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  ८ : ०४ बजे

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्कालीन उद्धार अभ्यास सम्पन्न

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज विमान दुर्घटनापछि गरिने उद्धारसम्बन्धी आपत्कालीन

अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ

तेहरान- इरानका सर्वोच्च नेता आयातोल्लाह मोजतबा खामेनीले बिहीबार एक लिखित

वैशाखे पूर्णे मेला भर्न हिँडेका यात्रु सवार जीप जब भीरमा खस्यो

दाङ- रोल्पामा बिहीबार एउटा जीप दुर्घटना हुँदा १८ जनाको मृत्यु

दोस्रो संस्करणको ‘चितवन अटो शो २०२६’ सुरु

काठमाडौं– चितवनको भरतपुरमा दोस्रो संस्करणको ‘चितवन अटो शो २०२६’ बिहीबारबाट

भ्रष्टाचार मुद्दा खेपिरहेका पूर्वमन्त्री महतको स्वास्थ्य अवस्था परीक्षण गर्न आदेश

काठमाडौं- विशेष अदालतले भ्रष्टाचार मुद्दाका प्रतिवादी नेपाली कांग्रेसका नेता एवम्