विश्वमा एकैदिन २ लाख ७१ हजार बढी संक्रमित थपिए « Khabarhub

विश्वमा एकैदिन २ लाख ७१ हजार बढी संक्रमित थपिए


३० श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको संक्रमण फैलिएको सात महिनाभन्दा बढी हुँदा संक्रमितको संख्या २ करोड १० लाख नाघेको छ ।

कोरोनाको महामारीले शुक्रबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा २ लाख ७१ हजार ४२१ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर संक्रमित हुनेको संख्या २ करोड १० लाख ६८ हजार ९५७ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै ६ हजार ३१५ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ७ लाख ५२ हजार ७२१ पुगेको छ ।

१ करोड ३८ लाख ९८ हजार ६९२ जना संक्रमणमुक्त भएका छन् । अहिले ६४ लाख १७ हजार ५४४ जनामा सक्रिय संक्रमण छ । उनीहरुमध्ये ६४ हजार ६४१ जनाको अवस्था गम्भीर छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख २ हजार १६८ जनाको मृत्यु भएको छ । ३१ लाख २७ हजार ५०५ जना संक्रमित भएकोमा १८ लाख ७२ हजार ३१४ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ४२ हजार ३८२ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ६३ लाख ७३ हजार ७९९ पुगेको छ । त्यसमध्ये ३४ लाख ६७ हजार ८६१ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख १५ हजार ६३५ जनाको मृत्यु भएको छ । ५३ लाख ९२ हजार २९४ जना संक्रमित भएकोमा ४१ लाख १५ हजार ७१२ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ६७ हजार ४१० जनाको मृत्यु भएको छ । ५० लाख ६१ हजार ८९२ जना संक्रमित भएकोमा ३६ लाख ४३ हजार ८५९ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा २४ हजार ७२४ जनाको ज्यान गएको छ भने १० लाख ८८ हजार ३३८ संक्रमित छन् । संक्रमितमध्ये ७ लाख ८३ हजार ५७९ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ३८७ जनाको मृत्यु भएको छ । २४ हजार ४०८ जना संक्रमित भएकोमा १४ हजार ७१६ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ६ : ५२ बजे

डा. गोविन्द केसी र सरकारबीच जुटेन सहमति आज पनि वार्ता

धनगढी- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्तिलगायतका विषयमा आमरण

साउनको दोस्रो सोमबार पशुपतिनाथ र डोलेश्वरमा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौँ– साउन महिनाको दोस्रो सोमबार पशुपतिनाथ, भक्तपुरको डोलेश्वरलगायत देशभरका शिवालयमा

सुनसरी झडपका घाइतेको नि:शुल्क उपचार र निष्पक्ष छानबिनका लागि स्वास्थ्यमन्त्रीको पहल

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सुनसरीको

ओली र प्रचण्डको प्रदेश सत्ता समीकरणप्रति बास्कोटाको कटाक्ष: ‘अन्तिम भोज त होइन?’

काठमाडौँ – नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रदेश सरकारमा आफ्नो

कोशी र लुम्बिनीमा मुख्यमन्त्री फेर्ने ओलीको तयारीले किचलो, बागमतीमा पनि झमेला

काठमाडौं- नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टीबीच सातै प्रदेशमा सत्ता