सिन्धुपाल्चोकको लिदीमा पहिरो : २२ घर पुरिएको आशंका, प्रहरी घटनास्थल जाँदै « Khabarhub

सिन्धुपाल्चोकको लिदीमा पहिरो : २२ घर पुरिएको आशंका, प्रहरी घटनास्थल जाँदै


३० श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा ठूलो पहिरो गएको छ ।

पहिरोलै एकै गाउँका २२ घर पुरिएको जनाइएको छ । पहिरोमा परी धेरै मानिस हताहत भएको हुनसक्ने आशंका गरिएको छ ।

शुक्रबार बिहान करिब चार बजेको समयमा पहिरो गएको सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी प्रज्ज्वल महर्जनले जानकारी दिए ।

महर्जनका अनुसार उक्त गाउँमा २२ घर छन् । ती सबै घर पुरिएको खबर आएपछि प्रहरी घटनास्थलतर्फ गएको उनले बताए ।

प्रहरी निरीक्षकको नेतृत्वमा कात्तिके र जलवीरे प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलतिर प्रस्थान गरेको छ ।

गाउँपालिका उपाध्यक्ष सिर्जना तामाङका अनुसार पहिरोमा परेका १५ जना घाइते आफैँ निस्किएका छन् । पहिरो भएको क्षेत्रमा जान सक्ने अवस्था नरहको उद्धारमा जुटेका स्थानीय आशबहादुर तामाङले जानकारी दिए । पुरिएका पाँच घरका सबै सम्पर्कविहीन रहेको कति जना पुरिए भन्ने अझै खुल्न बाँकी रहेको तामाङले जानकारी बताए ।

घटनाको थप जनाकारी आउन बाँकी छ ।

तस्वीर सौजन्य : रामचन्द्र दुलाल

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ८ : २० बजे

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका

गजुरीमा सडक भासिँएपछि काठमाडौँ–मुग्लिन सठक ठप्प

काठमाडौँ – धादिङको गजुरीमा सडक भासिँएपछि मुग्लिन–काठमाडौँ सडकखण्ड बन्द भएको

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा, घटस्थापनाअघि नै सञ्चालनमा ल्याइने  

नुवाकोट– नुवाकोट र रसुवालाई जोड्ने गरी बेत्रावतीस्थित फलाखु खोलामा ७४ मिटर

अब बिल दिने बिक्रेतालाई पनि पुरस्कार, व्यवस्था गर्न विभागलाई दिए अर्थमन्त्रीले निर्देशन

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा

राष्ट्रपतिले जारी गरे विपदसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले एक अध्यादेश जारी गरेका छन् ।