५ दशकसम्म अविवाहित अभिनेत्री « Khabarhub

५ दशकसम्म अविवाहित अभिनेत्री


३० श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड स्टार आफ्नो जीवनलाई आफ्नै इच्छा अनुसार बाच्न चाहन्छन् । आम मानिसको भन्दा फरक जीवनशैली बिताउने यी कलाकारलाई उमेर ढल्के पनि विवाह गर्ने सोच पलाउँदैन ।

आजकल अक्सर महिलाले ३० बर्षको आसपासमा विवाह गर्दछन् । बलिउडका यस्ता केहि अभिनेत्री छन् जसको ४०/५० बर्षको उमेरसम्म विवाह भएको छैन । आज हामी बढि उमेरसम्म पनि विवाह नगर्ने बलिउड अभिनेत्रीका बारेमा चर्चा गर्नेछौ ।

१. नगमा
सन् १९९० बाट फिल्म बागी मार्फत बलिउडमा प्रवेश गरेकि चर्चित अभिनेत्री नगमा अहिले राजनीतिमा सक्रिय छिन् । उमेरले ४५ काटेकि यी अभिनेत्री अझै अविवाहित छन् ।

२. तब्बू
बलिउडमा राम्रो अभिनेत्रीका रुपमा छवि बनाएकि अभिनेत्री तबूले फिल्म विजयपथबाट बलिउडमा प्रवेश गरिन । उमेरले ४९ लागेकि तबु अझै अविवाहित छिन् । उनले दुई पटक भारतीय राष्ट्रिय पुरस्कार र ६ पटक फिल्मफेयर जितेकि छन् ।

३. सुष्मिता सेन
पूर्वमिस यूनिभर्स सुष्मिता सेनले समेत अझैसम्म विवाह गरेकि छैनन् । हुनत हाल उनी रोहमन शलसंग डेटमा छिन् । जसले चाडँै विवाह हुनसक्ने अनुमान गर्न सकिन्छ । तर ४४ वर्षीय सुष्मिता अविवाहित नै हुन् । उनी एडोप्टद्धारा लिइएका दुई छोरीकी आमा हुन् ।

४. अमिषा पटेल
सुपरहिट फिल्म कहो ना प्यार है, गदर लगायतका फिल्मबाट बलिउडमा तहल्का मच्चाउन सफल अभिनेत्री अमीषा पटेल समेत अझैसम्म अविवाहित छिन् । ४४ वर्षीय अमीषा अझै पनि बोल्ड अवतारमा फिल्ममा देखा पर्दै आएकि छन् ।

५. तनीषा मुखर्जी
बलिउडकी चर्चित अभिनेत्री काजलकी बहिनी तनिषा मुखर्जी ४२ बर्षसम्म पनि अविवाहित नै हुन् । उनले बलिउडमा सफलता पाउन सकिनन् । एकताका उनको नाम उदय चोपडा र अरमान कोहलीका साथ जोडिएको थियो । तर उनको विवाह भने भएन ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  १० : ४३ बजे

निजामती विधेयक संसद्‌मा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति

काठमाडौं । सरकारले संघीय निजामती ऐनसम्बन्धी विधेयक संसद्‌मा लैजाने भएको

सर्वाेच्चमा प्रधानन्यायाधीश शर्मा र आईजीपी कार्कीबीच ४५ मिनेट भेट

काठमाडौँ । सर्वाेच्च अदालतका प्रधानन्यायाधीश मनोजकुमार शर्मासँग नेपाल प्रहरीका आईजीपी

न्वागी पर्व मनाउँदै आठपहरिया

धनकुटा– आठपहरिया समुदायले भदौ–असोजमा न्वागी अर्थात् भदौरे चाड मनाउने सुरु

छ दिनदेखि कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी– वर्षाका कारण छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर सडक अझै