त्रिवि शिक्षण अस्पतालका डाक्टर नर्ससहित थप ४ जनामा कोरोना पुष्टि « Khabarhub

त्रिवि शिक्षण अस्पतालका डाक्टर नर्ससहित थप ४ जनामा कोरोना पुष्टि


३० श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा डाक्टर नर्ससहित ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालमा कोरोना व्यवस्थापन समितिका संयोजक डाक्टर दन्तकुमार दासका अनुसार अस्पतालमा कार्यरत ४ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको हो ।

संक्रमित हुनेमा डाक्टर एकजना, २ जना नर्सिङ स्टाफ र एकजना हेल्थ असिस्टेन्ट छन् ।

त्रिवि शिक्षण अस्पतालमा यसअघि १८ जना डाक्टर नर्ससहितका स्वास्थ्यकर्मीहरु संक्रमित भइसकेका छन् । उनीहरु सबै त्रिवि शिक्षण अस्पतालको आइसोलेसनमा उपचारत रहेको डा दासले बताए ।

उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको डा दासको भनाइ छ । ‘आज थप ४ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भयो, यसअघि हाम्रो अस्पतालको १८ जना स्टाफमा कोरोना पुष्टि भइसकेको छ,’ डा दासले खबरहबसँग भने, ‘उहाँहरु सबै हाम्रै अस्पतालमा आइसोलेसनमा हुनुहुन्छ, सबैको स्वास्थ्य अवस्था सामान्य छ ।’

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  १२ : ४३ बजे

खगेन्द्र सुनारको चेतावनी : आरोपितलाई काखी च्यापेर फैसला गर्दै नहिँडौँ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

देउवा भन्छन्– सबै मिलेर जनतामा आशा जगाउनुपर्नेछ

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

काठमाडौँका यी पाँच स्थानमा वितरण गरिँदैछ ग्यास, नागरिकता अनिवार्य चाहिने

काठमाडौं । नेपाल आयल निगमले शनिबार पाँच स्थानबाट ग्यास वितरण

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

ओखलढुङ्गा – ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका-५ स्थित मेले गुम्बा टोलमा कुहिरोबाट

बेनी-जोमसोम र बेनी-दरवाङ सडक रातिमा बन्द

म्याग्दी – जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुई वटा सडकमा