पर्सा-बारामा थपिए ५० संक्रमित « Khabarhub

पर्सा-बारामा थपिए ५० संक्रमित


३० श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज- पर्सा बारामा ५० कोरोना संक्रमित थपिएका छन् । नारायणी अस्पतालको प्रयोगशालामा बिहीबार राति गरिएको पिसिआर परीक्षणमा ५० संक्रमित थपिएका हुन् । बाराका एक चिकित्सकको सम्पर्कमा रहेकाहरू र वीरगन्जको नारायणी अस्पतालका चिकित्सकदेखि स्विपरसम्मका कर्मचारीको संख्या बढी छ ।

नारायणी अस्पतालका मेसु डा मदनकुमार उपाध्यायका अनुसार कुल थपिएका ५० संक्रमितमध्ये २१ जना बाराका हुन् । जितपुर सिमरा उपमहानगरपालिकाको एक चिकित्सकको कन्ट्याक्ट टे«सिङमा परेका २० जनामा कोरोना पोजेटिभ देखिएको छ । बाराको विश्वम्भरपुरका थप एक जनामा कोरोना पुष्टि भएको छ ।

त्यसैगरी महोत्तरीका १ जनामा संक्रमण देखिएको छ । वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका १ कर्मचारीमा पनि कोरोना पुष्टि भएको छ । वीरगन्जको ग्लोबल आइएमई बैंकका १ कर्मचारी पनि संक्रमित भएका छन् । संक्रमित अन्य वीरगन्ज महानगरको सिर्सिया, घडिअर्वा, श्रीपुर, बहुअरी, राधेमाई, पानीटंकी, लोहारपट्टी, भिष्वा क्षेत्रका बासिन्दा हुन् ।

त्यसैगरी, नारायणी अस्पतालका १ चिकित्सक, १ फार्मेसी स्टाफ, १ पोषण गृह स्टाफ र ३ सुरक्षा गार्ड, मेडिकल वार्डका ३ स्विपर, १ स्टाफमा पनि संक्रमण पुष्टि भएको छ । त्यसैगरी, अस्पतालकै १ फिजियो थेरापी स्टाफ र आकस्मिक कक्षका अर्का एक कर्मचारीमा पनि संक्रमण देखिएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  १ : ५० बजे

यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्यसूची

काठमाडौं – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

पूर्णबहादुरले बोलाएको कांग्रेस समूहको बैठक बस्दै

काठमाडौँ – नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले आफूनिकट समूहका नेताको

राष्ट्रियसभामा आज सात मन्त्रालयसहित विभिन्न निकायको विनियोजन शीर्षकमाथि छलफल

काठमाडौँ-  सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको आज अपराह्न १ः१५ बजे बस्ने बैठकमा आर्थिक

डोल्पामा १०६ मेगावाटको जगदुल्ला जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण सुरु

डोल्पा- डोल्पामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको मुख्य

जेष्ठ वर्ण महाविहारलाई युनेस्कोको अवार्ड

काठमाडौँ – भारत सरकारको अनुदान सहयोगमा पुनर्स्थापना गरिएको ललितपुरस्थित ऐतिहासिक