कर्णाली प्रदेशमा थप ५ जनामा कोरोना पुष्टि | Khabarhub Khabarhub

कर्णाली प्रदेशमा थप ५ जनामा कोरोना पुष्टि


३० श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कर्णाली प्रदेशमा थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले एक विज्ञप्तिमार्फत थप ५ जना संक्रमित थपिएको जानकारी दिएको हो ।

नयाँ थपिएका संक्रमित मध्ये सल्यानका एकजना, जुम्लाका एकजना र दैलेखका ३ जना छन् । प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पतालमा गरिएको परीक्षणमा ५ जनामा कोरोना संक्रमण देखिएको हो ।

यो सँगै कर्णाली प्रदेशमा कुल संक्रमितको संख्या २ हजार ५७ पुगेको छ भने १ हजार ९०८ जना निको भइ डिस्चार्ज भइरहेका छन् ।

कर्णाली प्रदेशमा हाल १४३ जना संक्रिय संक्रमित छन् ।

यस्तै सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप ४ जनामा कोरोना पुष्टि भएको छ ।

अस्पतालले एक विज्ञप्तिमार्फत ८८९ जनाको स्वाब परीक्षण गर्दा ४ जथनामा कोरोना पुष्टि भएको जनाकारी दिएको हो ।

नयाँ थपिएका ४ जना संक्रमित मध्ये एकजना महिला र ३ जना पुरुष छन् । उनीहरु सबै अछामका हुन् ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  २ : ०७ बजे

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित