४ जिल्लामा ५०० भन्दा बढी सक्रमित, ४ जिल्ला संक्रमणमुक्त « Khabarhub

४ जिल्लामा ५०० भन्दा बढी सक्रमित, ४ जिल्ला संक्रमणमुक्त


३० श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाल नेपालका ४ जिल्लामा ५ सय भन्दा बढी कोरोना संक्रमित रहेको जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पर्सा, महोत्तरी, रौतहट र
काठमाडौं गरी चार जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेको जानकारी दिएका हुन् ।

यसैगरी नेपालका ७७ जिल्लामध्ये हाल ४ जिल्लामा कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म डोल्पा, संखुवासभा
, मनाङ र मुस्ताङ गरी चार जिल्लाका सबै संक्रमितहरु निको भएर घर फर्किसकेका छन् ।

नेपालमा शुक्रबार थप ५९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २५ हजार ५५१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २४० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १७ हजार ७७ पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९९ पुगेको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ५ : ०१ बजे

सौगातको ‘भाइरल गोर्खे‘ भारतमा प्रदर्शन गर्ने तयारी

काठमाडौं – नायक सौगात मल्ल शीर्ष भूमिकामा रहेको फिल्म ‘भाइरल

सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील

बरहथवा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

ललितपुरमा दुई लाख ६९ हजार मतदाता, ७४ उम्मेदवार 

ललितपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

बेलायत अमेरिकी ‘शान्ति बोर्ड’मा सामेल नहुने

एजेन्सी – बेलायतले डाभोसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘बोर्ड अफ

‘बालेन्द्र आएपछि केही चुनौती बढेको छ, झापा ५ मा हामी जित्छौँ’

काठमाडौं- यस पटको प्रतिनिधिसभाको निर्वानमा इपिक सेन्टर बनेको छ झापा