राष्ट्रिय एकता अभियानद्वारा पाकिस्तानी दूतावास अघि प्रदर्शन | Khabarhub Khabarhub

राष्ट्रिय एकता अभियानद्वारा पाकिस्तानी दूतावास अघि प्रदर्शन


३० श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय एकता अभियानले काठमाडौँको महाराजगंजस्थित पाकिस्तानी दूतावास अगाडि प्रदर्शन गरेको छ।

पाकिस्तानको ७४औं स्वतन्त्रता दिवसको अवसरमा दूतावास अगाडि पुगेर राष्ट्रिय एकता अभियानका सदस्यहरुले हिन्दु र बौद्ध धर्मावलम्बिहरुमाथि भइरहेको हिँसा बन्द गर्न माग गर्दै विरोध प्रदर्शन गरेका हुन्।

राष्ट्रिय एकता अभियानका संयोजक विनय यादवका अनुसार शुक्रबार दिउँसो एक बजे पाकिस्तानी राजदूतावास महाराजगंज पुगेर विरोध प्रदर्शन गरिएको हो।

‘करिव ४० वर्ष पहिले पाकिस्तानमा ३० प्रतिशत हिन्दूहरु थिए। आज एक प्रतिशत पनि हिन्दु धर्मावलम्विहरु छैनन्। यति धेरै हिन्दु धर्ममान्ने मान्छेहरु कहाँ गए ?’, संयोजक यादवले भने, ‘विश्वलाई थाह छ कि पाकिस्तानमा बहुसंख्यक रुपमा रहेका मुसलमानहरुले अन्य धर्म मान्ने मान्छेलाई देख्नै सक्दैनन्। कुट्ने, पिट्ने, मार्ने, बलात्कार गर्ने जस्ता अfपराधिक कामहरु गर्छन्। यस्ता अपराधहरुलाई रोक्नका लागि हामीले नेपालस्थित पाकिस्तानी दूतावास अगाडि प्रर्दशन गरेका हौं।’

 

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ८ : ३८ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र