सरकारले बालबालिकालाई अभिभावकत्व प्रदान गर्छ :  प्रधानमन्त्री ओली « Khabarhub

सरकारले बालबालिकालाई अभिभावकत्व प्रदान गर्छ :  प्रधानमन्त्री ओली


२९ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले बालबालिकाको हक र हितको संरक्षणलाई उच्च प्राथमिकतामा राख्दै अभिभावकत्व प्रदान गर्ने बताएका छन् ।

राष्ट्रिय बाल दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली बालबालिका तथा अभिभावकमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले नेपालको संविधानमा मौलिक हकका रुपमा रहेको बालबालिकाकासम्बन्धी नीति तथा कानून तर्जुमा गरी कार्यान्वयन गर्दै आएको पनि स्मरण गराए ।

‘बालबालिकामाथि हुने सबै किसिमका हिंसा, बेचबिखन तथा जघन्य घटनाका अपराधीहरुलाई कानूनी दायरामा ल्याई कडा सजाय दिने र बालबालिकाहरुलाई संरक्षण, सुरक्षा र अभिभावकत्व प्रदान गर्ने यस सरकारको प्रतिबद्धता छ’, प्रधानमन्त्रीद्वारा जारी सन्देशमा भनिएको छ ।

प्रधानमन्त्री ओलीले बालबालिकाको शारीरिक र मानसिक विकासका लागि सन्तुलित आहार, स्वच्छ उपयुक्त आवास, उपयुक्त प्रविधि प्रयोगसहितको स्तरीय शिक्षा, देशभक्ति, मानवता, सामाजिकता, उद्यमशीलता र रचनात्मकताको भावधारा जगाउने गुणवत्त शिक्षादीक्षाको अधिकार सुनिश्चित गर्ने सरकारको नीति रहेको प्रष्ट पारेका छन् ।

‘बालबालिकाका लागि सुरम्य पारिवारिक-सामाजिक वातावरण निर्माण गर्न सङघीय सरकारको प्रयास मात्र पर्याप्त हुँदैन”, सन्देशमा भनिएको छ, ‘त्यसका लागि सबै तहका सरकार, राष्ट्रसेवक कर्मचारी, राजनीतिक दल, नागरिक समाज, विकासका साझेदार, निजी क्षेत्र तथा सञ्चारकर्मी सबैको रचनात्मक सहभागिता तथा सहयोगको अपेक्षा गर्दछु ।’

प्रधानमन्त्रीले सिर्जनाका आधारभूमि बालबालिकामा सकारात्मक, सबल र जीवनमुखी रङ भर्न अभिभावक, परिवार र समाजलाई आफ्नो नैतिक आचरणमार्फत सकारात्मक ज्ञान सम्प्रषेण गर्न आह्वान गरेका छन् ।

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  ६ : १२ बजे

बेल्जियमलाई हराउँदै स्पेन सेमिफाइनलमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा स्पेन सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज २०८३ साल असार २७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २७ गते शनिबार सन् २०२६

आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौँ महागनरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने

काठमाडौँ । काठमाडौँ महानगसपालिकाले आत्मदाहपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान

९ कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ९ जना कन्सल्टेन्सी

तस्करीमा संलग्नलाई समात्न प्रहरीले चलायो गोली

काठमाडौँ । रुपन्देहीमा तस्करीमा संलग्नलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको