विश्वमा कोरोना : २ करोड ९१ लाख संक्रमित, ९ लाख २८ हजारको मृत्यु « Khabarhub

विश्वमा कोरोना : २ करोड ९१ लाख संक्रमित, ९ लाख २८ हजारको मृत्यु


२९ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  विश्वभर २ करोड ९१ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ४३ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या २ करोड ९१ लाख ८० हजार नाघेको छ ।

यस्तै एकै दिन थप ३ हजार ९०५ जनाको मृत्यु भएको छ । योसँगै सोमबार बिहानसम्म कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ९ लाख २८ हजार २०८ पुगेको छ ।

एकै दिन २ लाख २० हजार ६४० मानिस कोरोना संक्रमणमुक्त भएका छन् । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका सोमबार बिहानसम्म कोरोनाबाट निको हुनेको संख्या २ करोड १० लाख २५ हजार २८३ पुगेको छ । निको हुनेको यो संख्या कुल संक्रमितको ७२ प्रतिशत हो ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख १२ हजार ५४३ जनाको मृत्यु भएको छ । ४० लाख ७९ हजार ७७६ जना संक्रमित भएकोमा २२ लाख ४५ हजार ५६९ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ८९ हजार ८०८ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ७९ लाख ८९ हजार १४९ पुगेको छ । त्यसमध्ये ४८ लाख ६७ हजार १७८ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख ६४ हजार २५५ जनाको मृत्यु भएको छ । ८६ लाख ३ हजार ३९९ जना संक्रमित भएकोमा ६९ लाख ५७ हजार २८२ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा २ लाख २८ हजार ६५ जनाको मृत्यु भएको छ । ७१ लाख १७ हजार ३८८ जना संक्रमित भएकोमा ५८ लाख २४ हजार ४९२ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा ३२ हजार ६७८ जनाको ज्यान गएको छ भने १३ लाख ५९ हजार ५६९ संक्रमित छन् । संक्रमितमध्ये ११ लाख ४ हजार ४७ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ८४४ जनाको मृत्यु भएको छ । २९ हजार ९७० जना संक्रमित भएकोमा २६ हजार ६४ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  ५ : ५५ बजे

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा