कोरोना महामारीले साउदीमा लगाइएका प्रतिबन्ध हटाइदै, भिसा भएकाहरूले भोलिदेखि प्रवेश पाउने « Khabarhub

कोरोना महामारीले साउदीमा लगाइएका प्रतिबन्ध हटाइदै, भिसा भएकाहरूले भोलिदेखि प्रवेश पाउने



दोहा- कोरोना भाइरसको महामारीले विभिन्न क्षेत्रमा लगाइएका प्रतिबन्धलाई साउदी अरेबियाले क्रमिकरूपमा खुकुलो बनाउदै लगेको छ ।

आगामी १ जनवरीदेखि कोरोना भाइरसका कारण लगाइएका सबै प्रतिबन्ध हटाउने घोषणा गरेको साउदी सरकारले सेप्टेम्बर १५ (भोलि)बाट गल्फ कर्पोरेसन काउन्सिल (जीसीसी) देशका नागरिकहरुलाई साउदीमा प्रवेश गर्न दिने निर्णय गरेको छ ।

साउदी सरकारको उक्त निर्णयसँगै जीसीसीमा आवद्ध मुलुकहरू बहराइन, कुवेत, ओमान, कतार र यूएईका नागरिकले अब साउदी प्रवेश पाउने भएका छन् ।

यसअतिरिक्त भिसा अबधी भएका अरू प्रवासीहरूलाई पनि साउदी प्रवेशमा अनुमति दिइएको साउदीको आन्तरिक मन्त्रालयले जनाएको छ ।

त्यसरी साउदी प्रवेश गर्ने वा छाड्नेहरू जो कोहीले ४८ घण्टाअघि पीसीआर परीक्षण गरिएको कोरोना नेगेटिभ भएको प्रमाणपत्र देखाउनु पर्ने जनाइएको छ ।

कोरोना भाइरस या अन्य कारणले यात्रा प्रतिबन्ध लगाईएका देशहरुको हकमा भने साउदी सरकारले यो नियम कार्यान्वयन नुहने प्रष्ट पारेको छ ।

हाललाई बैध एक्जिट र रिइन्ट्री भिसा, वर्क भिसा, रेसिडेन्सी परमिट (इकमा) र भिसा भएकाहरु सबै कोरोना भाइरस सम्बन्धी सावधानीका उपायहरू र प्रोटोकलहरू पूरा गरी भित्रन वा फर्कन पाउने बताइएको छ ।

नयाँ भिसा लगायतका अन्य प्रक्रियाबाट साउदी प्रवेश गर्न भने जनवरी १ पछि मात्र अनुमति दिइएको छ ।

प्रतिबन्धहरू खुकुलो बनाउँदै लगेको साउदी सरकारले नेपाललाई भने प्रतिबन्धको सूचीमा राखेको छ या छैन भन्नेबारे केहि खुलाइएको छैन ।

नेपाललाई प्रतिबन्धको सूचीमा नराखिएको खण्डमा बिदामा गएका नेपाली कामदारहरुले सेप्टेम्बर १५ अर्थात भोलि मंगलबारदेखि साउदी प्रवेशको अनुमति पाउने छन् ।

कोरोनाका कारण प्रतिबन्ध लगाएपछि नेपाली कामदार साउदी फर्कन सकेका छैनन् । साउदीमा विभिन्न कारणले समस्यामा परेका वा रोजगारी गुमाएका हजारौ नेपाली पनि स्वदेश फर्कन पाएका छैनन् ।

स्वदेश फर्कन नपाएको भन्दै कामदारहरुले नेपाल सरकार र साउदीस्थित नेपाली दूतावासबिरुद्ध नाराबाजीसमेत गरेका थिए । साउदी अरबमा करिव ३ लाख १५ हजार नेपाली कार्यरत रहेको बताइन्छ ।

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  ८ : ०५ बजे

प्रधानमन्त्री मोदी र राष्ट्रपति म्याक्रोन भोलि भेट्दै 

एजेन्सी– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन

खोटाङ उद्यमी कोसेली घर : स्थानीय उत्पादन प्रवर्द्धन केन्द्र

खोटाङ– महिला उद्यमी सङ्घ खोटाङका अध्यक्ष विमला राईले सञ्चालन गरेको

तुलसी घिमिरेको ‘पहाड’ नयाँ वर्षमा आउने

काठमाडौं – तुलसी घिमिरेको निर्देशनमा तयार भएको फिल्म ‘पहाड’को प्रदर्शन

इजरायलमा वार्षिक मूल्यवृद्धि दरमा उल्लेखनीय गिरावट

एजेन्सी– इजरायलको वार्षिक मुद्रास्फीति दर जनवरी महिनामा घटेर एक दशमलव

काठमाडौं-५ मा प्रमुख दलका नेताकै बढी चर्चा

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा मुलुकभर निर्वाचनमय वातावरण