कोरोना महामारीले साउदीमा लगाइएका प्रतिबन्ध हटाइदै, भिसा भएकाहरूले भोलिदेखि प्रवेश पाउने | Khabarhub Khabarhub

कोरोना महामारीले साउदीमा लगाइएका प्रतिबन्ध हटाइदै, भिसा भएकाहरूले भोलिदेखि प्रवेश पाउने



दोहा- कोरोना भाइरसको महामारीले विभिन्न क्षेत्रमा लगाइएका प्रतिबन्धलाई साउदी अरेबियाले क्रमिकरूपमा खुकुलो बनाउदै लगेको छ ।

आगामी १ जनवरीदेखि कोरोना भाइरसका कारण लगाइएका सबै प्रतिबन्ध हटाउने घोषणा गरेको साउदी सरकारले सेप्टेम्बर १५ (भोलि)बाट गल्फ कर्पोरेसन काउन्सिल (जीसीसी) देशका नागरिकहरुलाई साउदीमा प्रवेश गर्न दिने निर्णय गरेको छ ।

साउदी सरकारको उक्त निर्णयसँगै जीसीसीमा आवद्ध मुलुकहरू बहराइन, कुवेत, ओमान, कतार र यूएईका नागरिकले अब साउदी प्रवेश पाउने भएका छन् ।

यसअतिरिक्त भिसा अबधी भएका अरू प्रवासीहरूलाई पनि साउदी प्रवेशमा अनुमति दिइएको साउदीको आन्तरिक मन्त्रालयले जनाएको छ ।

त्यसरी साउदी प्रवेश गर्ने वा छाड्नेहरू जो कोहीले ४८ घण्टाअघि पीसीआर परीक्षण गरिएको कोरोना नेगेटिभ भएको प्रमाणपत्र देखाउनु पर्ने जनाइएको छ ।

कोरोना भाइरस या अन्य कारणले यात्रा प्रतिबन्ध लगाईएका देशहरुको हकमा भने साउदी सरकारले यो नियम कार्यान्वयन नुहने प्रष्ट पारेको छ ।

हाललाई बैध एक्जिट र रिइन्ट्री भिसा, वर्क भिसा, रेसिडेन्सी परमिट (इकमा) र भिसा भएकाहरु सबै कोरोना भाइरस सम्बन्धी सावधानीका उपायहरू र प्रोटोकलहरू पूरा गरी भित्रन वा फर्कन पाउने बताइएको छ ।

नयाँ भिसा लगायतका अन्य प्रक्रियाबाट साउदी प्रवेश गर्न भने जनवरी १ पछि मात्र अनुमति दिइएको छ ।

प्रतिबन्धहरू खुकुलो बनाउँदै लगेको साउदी सरकारले नेपाललाई भने प्रतिबन्धको सूचीमा राखेको छ या छैन भन्नेबारे केहि खुलाइएको छैन ।

नेपाललाई प्रतिबन्धको सूचीमा नराखिएको खण्डमा बिदामा गएका नेपाली कामदारहरुले सेप्टेम्बर १५ अर्थात भोलि मंगलबारदेखि साउदी प्रवेशको अनुमति पाउने छन् ।

कोरोनाका कारण प्रतिबन्ध लगाएपछि नेपाली कामदार साउदी फर्कन सकेका छैनन् । साउदीमा विभिन्न कारणले समस्यामा परेका वा रोजगारी गुमाएका हजारौ नेपाली पनि स्वदेश फर्कन पाएका छैनन् ।

स्वदेश फर्कन नपाएको भन्दै कामदारहरुले नेपाल सरकार र साउदीस्थित नेपाली दूतावासबिरुद्ध नाराबाजीसमेत गरेका थिए । साउदी अरबमा करिव ३ लाख १५ हजार नेपाली कार्यरत रहेको बताइन्छ ।

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  ८ : ०५ बजे

आइतबारदेखि सर्वोच्च अदालतले नियमित सुनुवाइ गर्ने

काठमाडौं – सर्वोच्च अदालतले यही भदौ २९ गतेदेखि नियमित सुनुवाइ

जेन-जी आपसी विवादमा, सडकमा ओर्लिए दलका कार्यकर्ता

काठमाडौँ- जेन-जी युवाहरूबीच अन्तरिम सरकारको नेतृत्वलाई लिएर विवाद बढ्न थालेपछि

अन्तरिम सरकार गठन तयारीबीच राष्ट्रपति र सभामुखबीच वार्ता 

काठमाडौँ- केपी शर्मा ओली नेतृत्वको दुईतिहाइको सरकारको अकल्पनीय पतनपछि देशलाई

शीतलनिवासमै सुरक्षित छन् राष्ट्रपति, शुक्रबार बिहानसम्म सुशीला कार्की प्रधानमन्त्री बन्ने दाबी

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा संविधानविदहरुसँग पछिल्लो राजनीतिक संकटबारे

चल्न छाडे राष्ट्रपति र प्रधानमन्त्रीको कार्यालयका वेबसाइट

काठमाडौँ- जेन-जी पुस्ताको आन्दोलन भएको दुई दिन बितिसक्दा पनि देशमा