१०५ वर्षकी वृद्धाले गरिन् प्रथम श्रेणीमा चार कक्षा पास ! « Khabarhub

१०५ वर्षकी वृद्धाले गरिन् प्रथम श्रेणीमा चार कक्षा पास !


२९ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शिक्षा लिनका लागि कुनै उमेर हुँदैन । तपाई जुन कुनै उमेरमा पनि अध्ययन गर्न सक्नुहुन्छ ।

तर हाम्रो समाजका केहि मानिसहरु भने शिक्षा भन्ने कुरा केवल बच्चा बेलामा मात्र लिने मनशाय र सोचका हुने गर्दछन् ।

यदि कोहि पनि वृद्ध व्यक्ति बुढेसकालमा शिक्षा लिन चाहायो भने त्यसलाई मिहेनतको कदर गर्नुको सट्टा मानिसको उमेर तिर ध्यान दिन्छन् ।

भारतको केरलामा १०५ वर्षकी भागरथी नामकी एक वृद्धाले ४ कक्षाको परिक्षा दिएर पास गरेकी छिन् । उनले आफूले पाएको उक्त सफलता पछि आफू ९ वर्षको हुँदा आमाको मृत्यु भएको र त्यसपछि अध्ययन गर्न नसकेको भारतीय सञ्चारमाध्यासँग बताएकी छन् ।

”घरको जिम्मेवारीका कारण पढ्न सकिन, त्यसपछि विवाह भईहाल्यो” उनले भारतीय सञ्चारमाध्यामसँगको कुराकानीका क्रममा भनिन् । तर पढ्न धेरै नै मन भएको कारणले उनलाई गएको वर्ष छोराले राज्यको साक्षरता अभियान अन्तर्गत ४ कक्षामा भर्ना गरिदिएका थिए ।

यो वर्षको ६ फेब्रुअरीमा उनको रिजल्ट आएके थियो । उक्त परिक्षामा उनले ७४ दशमलव ५ प्रतिशत अंक प्राप्त गरेकी थिइन् ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  ५ : ५९ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ