यस्तो दोष कटाउन जहाँ कुकुरसँग गराइन्छ बालबालिकाको विवाह ! « Khabarhub

यस्तो दोष कटाउन जहाँ कुकुरसँग गराइन्छ बालबालिकाको विवाह !


२९ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- मानिसहरुले विभिन्न प्रथा तथा प्रचलन चलाएको पाइन्छ ।

कुनै पनि बालबालिकाको विवाह कुकुरसँग गराइन्छ भन्ने सुन्दा तपाइँलाई पत्यार नलाग्न सक्छ । तर अझै यस्तो प्रचलन रहेको पाइएको छ ।

भारतको जमशेदपुरस्थित आदिवासीहरुको बाहुल्य रहेको आदित्यपूर गाउँमा एउटा अन्धविश्वासको परम्परा अझैसम्म पनि कायम छ ।

गाउँमा यदि कुनै पनि बच्चाको पहिले माथिको दाँत झर्‍यो भने त्यसलाई ठूलो अलक्षिन मान्ने गरिन्छ । यसको दोष निवारणका लागि बाल्यकालमै कुकुरसँग विवाह गराइदिने प्रचलन रहेको छ ।

बालकहरुलाई कुकुर्नीसँग र बालिकाहरुलाई कुकुरसँग जोडी बाधिदिने यो अन्धविश्वास आजसम्म पनि त्यहाँका मानिसहरुले पालना गर्दै आएका छन् ।

आफ्ना छोराछोरीलाई कुकुरसँग विवाह गराउने बाबुआमाले खराब ग्रहलाई काट्नका लागि यस्तो गर्नुपरेको बताउँने गरेका छन्।

सानैमा कुकुरसँग विवाह गराइदिएपछि ठूलो हुँदा उनीहरुलाई ग्रहदशाले पछ्याउन नसक्ने त्यहाँका मानिसहरुको विश्वास छ ।

उक्त आदिवासी समाजमा अलक्षिन हटाउने नाममा यो कुप्रथा चलेको हजारौँ वर्ष भइसकेको छ । अहिले पनि ति आदिवासीहरु यसलाई आफ्नो संस्कृतिकै अंगका रुपमा मान्छन् । -एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  ५ : १७ बजे

कांग्रेसका अधिकांश निर्वाचन क्षेत्रमा शनिबार क्षेत्रीय अधिवेशन

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश सङ्घीय निर्वाचन क्षेत्र र प्रदेशसभा

कांग्रेसको १५औँ महाधिवेशनमा लामिछाने, ओली र प्रचण्डलाई निम्ता

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारी तीव्र रूपमा अघि बढिरहेका

बाढीमा हराएकाहरू भेटिएनन्, घामपानीले खुइलिए भित्ताका फोटो

काठमाडौं  – रसुवाको भोटेकोशीमा विनाशकारी बाढी आएको एक महिना पूरा हुँदा

नैनसिंह महरलाई महामन्त्रीमा अघि बढाउने डडेल्धुरा कांग्रेसको सर्वसम्मत निर्णय

डडेल्धुरा- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेता नैनसिंह महरलाई महामन्त्री पदको

पहिरोका कारण सोलुखुम्बु-काठमाडौं आवागमन बन्द

सोलुखुम्बु– सोलुखुम्बुको स्थलमार्गबाट प्रवेश गर्ने मुख्य नाकामा सडक भासिएपछि जिल्ला