श्रीमतीको हत्या आरोपि २० वर्षपछि पक्राउ « Khabarhub

श्रीमतीको हत्या आरोपि २० वर्षपछि पक्राउ


२९ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- श्रीमतीको हत्यापछि फरार भएको आरोप लागेका एक व्यक्तिलाई प्रहरीले २० वर्षपछि पक्राउ गरेको छ ।

दोलखाको भीमेश्वरस्थित ताथली घर भई काठमाडौँमा बस्दै आएका अरुणकुमार रिजाल (सुनार)माथि श्रीमती दिलमायाको विसं २०५७ मा हत्या गरेको आरोप लागेको थियो ।

घटनापछि फरार हुँदै आएका उनलाई पक्राउ गरी आइतबार जिल्ला अदालत काठमाडौँमा पेश गरिएकामा अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

दिलमाया आफ्नै कोठामा मृतावस्थामा फेला परेकी थिइन् । महानगरीय प्रहरी वृत्त कालिमाटीबाट भएको तत्कालिन अनुसन्धानमा रिजालले नै घाँटी थिची श्रीमतीको हत्या गरेको उल्लेख छ । त्यसपछि उनी फरार थिए ।

उनलाई महानगरीय प्रहरी वृत्त कालीमाटीले पक्राउ गरी जिल्ला सरकारी वकिल कार्यालय बबरमहल काठमाडौँ बुझाएको थियो । उनलाई अहिले नक्खु कारागार ललितपुरमा राखिएको जनाइएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  १२ : ०९ बजे

निर्वाचन ७१ दिन बाँकीः समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दल

काठमाडौं – प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

आज २०८२ साल पुस ९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन