क्याप्टेन विजय लामालाई कोरोना संक्रमण पुष्टि | Khabarhub Khabarhub

क्याप्टेन विजय लामालाई कोरोना संक्रमण पुष्टि


२९ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन तथा कलाकार विजय लामालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनले कोरोना परीक्षणका लागि आइतबार स्वाब दिएका थिए ।

नेपाल एयरलाइन्स स्रोतका अनुसार आइतबार लामाको रिर्पोट पोजेटिभ आएको हो । कोरोना देखिएपछि अहिले उनी काठमाडौंको सोल्टी होटेलमा आइसोलेसनमा छन् ।

यसअघि पनि नेपाल एयरलाइन्सका एक दर्जन उडान कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो । क्याप्टेन लामासँगै ककपिटमा रहेका अर्का क्पाप्टेन उदय कोल्हात्करसमेत पनि संक्रमित रहेको र दुवै सोल्टी होटलको आइसोलेसनमा रहेको जनाइएको छ ।

उद्धार उडान शुरु भएसँगै नेपाल एयरलाइन्सले आफ्ना कर्मचारीलाई सोल्टी होटलको क्वारेन्टिनमा राख्दै आएको छ ।

क्याप्टेन लामा दुई दिनअघि शान्ति सैनिकको टोलीलाई सुडान पुर्‍याएर फर्किएका थिए ।

 

 

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  १ : ५६ बजे

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार तदनुसार

आज २०८१ साल वैशाख २६ गते बुधारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार तदनुसार

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख