कतारबाट नेपाल एयरलाइन्सले थप ६ उडान गर्ने, तोकिएको भन्दा बढी शुल्क लिए कारवाही « Khabarhub

कतारबाट नेपाल एयरलाइन्सले थप ६ उडान गर्ने, तोकिएको भन्दा बढी शुल्क लिए कारवाही



दोहा – कोरोना भाइरसका कारण कतारबाट स्वदेश फर्कन विभिन्न माध्यमबाट कतारस्थित नेपाली दूतावासमा नाम दर्ता गराएका नेपालीहरुका लागि नेपाल एयरलाइन्सले थप ६ उडान गर्ने भएको छ ।

दूतावासले सार्वजनिक गरेको उडान तालिकाअनुसार सेप्टेम्बर १५, १६ र १७ को लागि यसअघि नाम प्रकाशित भई विभिन्न कारणले टिकट काट्न छुटेका व्यक्तिहरुले टिकट लिइसकेको समेत जनाएको छ ।

यस्तै, सेप्टेम्बर २२, २४ र २५ का लगि तय भएका उडानहरुका लागि १५ सेप्टेम्बरबाट मात्र टिकटका लगि सम्पर्क गर्न दूतावासले अनुराेध गरेको छ ।

उक्त उडानका लागि प्राथमिकतामा परेका यात्रुहरुको नामावली पनि सार्वजनिक गरेको छ । स्वदेश फर्किने यात्रुहरुले नेपाल सरकारको निर्णय बमोजिम पीसीआर परीक्षण गरी ७२ घण्टा भित्रको कोभिड-१९ नेगेटिभ सर्टिफिकेटको सक्कल प्रमाण साथमा राख्नु पर्ने दूतावासले जनाएको छ ।

पीसीआर परीक्षण नगरी जान चाहनेहरुको हकमा आफ्नै खर्चमा ७ दिनको होटल क्वारेन्टिनमा बस्नुपर्ने र पीसीआर परीक्षण गरेका र नगरेका यात्रुहरु एउटै उडानमा यात्रा गर्न नपाईने व्यवस्था रहेको जनाएको छ ।

होटल क्वारेन्टिनको खर्च टिकट काट्ने बेलामा लिने र होटललाई भुक्तानी गर्ने कार्य सम्बन्धित एयरलाईन्सले नै गर्नेछ। पीसीआर परीक्षण गर्नका लागि कतारका सरकारी स्वास्थ्य केन्द्र वा कतार सरकारबाट अनुमति प्राप्त प्राईभेट अस्पतालहरुमा सम्पर्क राख्न सकिने दूतावासले जनाएको छ ।

हवाई भाडा पूर्व सूचनामा उल्लेख भएबमोजिम कतारी रियाल १,४३० लाग्नेछ । साथै दूतावासको प्राथमिकता सूचीमा नाम पर्न वा हवाईटिकट खरिद गर्न थप शूल्क (रकम ) बुझाउनु परेको केही गुनासाहरु प्राप्त भएको भन्दै यस प्रकारको कुनै शूल्क तिर्नु नपर्ने दूतावासले जनाएको छ ।

कसैले यस प्रकारको शूल्क वा रकम असुल गरेको पुष्टि भएमा कानून बमोजिम कारवाही गर्ने चेतावनी समेत दूतावासले दिएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  ५ : १० बजे

ओली–लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज पनि सुनुवाइ हुँदै

काठमाडौँ– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरणको

भक्तपुर प्रहरीको ‘स्वीप अपरेसन’ : थप ३० जना पक्राउ

भक्तपुर– भक्तपुर प्रहरीले सार्वजनिक स्थलहरुमा शान्तिसुरक्षा भङ्ग गर्ने गतिविधिमा संलग्न

कांग्रेस संसदीय दलको बैठक बस्दै, को बन्ला दलको नेता ?

काठमाडौँ– नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक

सन्तान छोडेर तीन दशकदेखि हात्ती स्याहार्दै श्रीनारायण

जंगलको शान्त वातावरण, लहरै बाँधिएका ठूला–ठूला हात्तीको स्याहार सुसारमा बितेका

हर्क साम्पाङ श्रमदानका लागि दार्चुला हिँडे– ‘विदेशी ऋण लिइँदैन, देश आफैँ बनाइन्छ’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज