कतारबाट नेपाल एयरलाइन्सले थप ६ उडान गर्ने, तोकिएको भन्दा बढी शुल्क लिए कारवाही « Khabarhub

कतारबाट नेपाल एयरलाइन्सले थप ६ उडान गर्ने, तोकिएको भन्दा बढी शुल्क लिए कारवाही



दोहा – कोरोना भाइरसका कारण कतारबाट स्वदेश फर्कन विभिन्न माध्यमबाट कतारस्थित नेपाली दूतावासमा नाम दर्ता गराएका नेपालीहरुका लागि नेपाल एयरलाइन्सले थप ६ उडान गर्ने भएको छ ।

दूतावासले सार्वजनिक गरेको उडान तालिकाअनुसार सेप्टेम्बर १५, १६ र १७ को लागि यसअघि नाम प्रकाशित भई विभिन्न कारणले टिकट काट्न छुटेका व्यक्तिहरुले टिकट लिइसकेको समेत जनाएको छ ।

यस्तै, सेप्टेम्बर २२, २४ र २५ का लगि तय भएका उडानहरुका लागि १५ सेप्टेम्बरबाट मात्र टिकटका लगि सम्पर्क गर्न दूतावासले अनुराेध गरेको छ ।

उक्त उडानका लागि प्राथमिकतामा परेका यात्रुहरुको नामावली पनि सार्वजनिक गरेको छ । स्वदेश फर्किने यात्रुहरुले नेपाल सरकारको निर्णय बमोजिम पीसीआर परीक्षण गरी ७२ घण्टा भित्रको कोभिड-१९ नेगेटिभ सर्टिफिकेटको सक्कल प्रमाण साथमा राख्नु पर्ने दूतावासले जनाएको छ ।

पीसीआर परीक्षण नगरी जान चाहनेहरुको हकमा आफ्नै खर्चमा ७ दिनको होटल क्वारेन्टिनमा बस्नुपर्ने र पीसीआर परीक्षण गरेका र नगरेका यात्रुहरु एउटै उडानमा यात्रा गर्न नपाईने व्यवस्था रहेको जनाएको छ ।

होटल क्वारेन्टिनको खर्च टिकट काट्ने बेलामा लिने र होटललाई भुक्तानी गर्ने कार्य सम्बन्धित एयरलाईन्सले नै गर्नेछ। पीसीआर परीक्षण गर्नका लागि कतारका सरकारी स्वास्थ्य केन्द्र वा कतार सरकारबाट अनुमति प्राप्त प्राईभेट अस्पतालहरुमा सम्पर्क राख्न सकिने दूतावासले जनाएको छ ।

हवाई भाडा पूर्व सूचनामा उल्लेख भएबमोजिम कतारी रियाल १,४३० लाग्नेछ । साथै दूतावासको प्राथमिकता सूचीमा नाम पर्न वा हवाईटिकट खरिद गर्न थप शूल्क (रकम ) बुझाउनु परेको केही गुनासाहरु प्राप्त भएको भन्दै यस प्रकारको कुनै शूल्क तिर्नु नपर्ने दूतावासले जनाएको छ ।

कसैले यस प्रकारको शूल्क वा रकम असुल गरेको पुष्टि भएमा कानून बमोजिम कारवाही गर्ने चेतावनी समेत दूतावासले दिएको छ ।

प्रकाशित मिति : २९ भदौ २०७७, सोमबार  ५ : १० बजे

एक महिनामा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु

कास्की – जिल्लामा गत असोज महिनामा भएका ५९ सवारी दुर्घटनामा

यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक घटे

चितवन – भोटेकोशी र बूढीगण्डकीको बाढीपछि मुख्य राजमार्गमा भएको अवरोध

थ्रेसर मेसिनको प्रयोग: किसानलाई राहत, युवालाई गाउँमै रोजगारी

बाँके – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ का अमजत अली शेख विगत

विपद्पछि खुल्यो बेनी–जोमसोम मार्ग: पुनहिल, तातोपानी र अन्नपूर्ण आधार शिविरमा पर्यटक बढे

म्याग्दी – म्याग्दीका पर्यटकीय स्थलहरूमा बडादसैँलगत्तै पर्यटकको चहलपहल बढ्न थालेको

साउदीमा ड्रोन आक्रमणमा नेपालीको मृत्यु: कामदारको सुरक्षा सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ – साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका