म्युजिक भिडियोमा राष्ट्रिय झण्डा जलाउने र्‍यापर पुर्पक्षका लागि थुनामा « Khabarhub

म्युजिक भिडियोमा राष्ट्रिय झण्डा जलाउने र्‍यापर पुर्पक्षका लागि थुनामा


२९ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – म्युजिक भिडियोमा राष्ट्रिय झण्डा जलाएको दृश्य राखेको आरोपमा पक्राउ परेका गायक ग्याल्जेन दोर्जे तामाङलाई पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको छ ।

सोमवार जिल्ला अदालत काठमाडौंका न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले तामाङलाई थुनामा राख्न आदेश दिएको हो ।

यसअघि राष्ट्रिय झण्डा जलाएको आरोपमा पक्राउ परेका अन्य ३ जना भने जनही १५ हजार धरौटीमा रिहा भएका छन् । यस्तै अन्य ५ जना साधारण तारेखमा छुटेका छन् ।

युट्युबमा मंगोलहप देशद्रोही बोलको गीत अपलोड गरेपछि आफूलाई र्‍यापर भनेर चिनाउने ग्याल्जेनको चौतर्फी विरोध भएको थियो ।

यो बहस राष्ट्रिय चासोको विषय बनेपछि प्रहरीले ग्याल्जेनसहित ९ जनालाई पक्राउ गरेको थियो ।  उनीहरूविरुद्ध भदौ २४ गते अदालतमा मुद्दा दायर गरिएको थियो ।

मकवाननपुरको एक स्कूलमा छायांकन गरिएको उक्त गीतमा नेपालका नेतादेखि क्षेत्री बाहुनसम्मलाई तल्लो स्तरको भाषा प्रयोग गर्दै गाली गरिएको थियो ।

उक्त म्युजिक भिडियोको करीब ४० सेकेन्डदेखि नेपालको राष्ट्रिय झण्डा जलाएको दृश्य छ । भिडियो मकवानपुरको वागमती गाउँपालिका–३ स्थित सल्लेनीको विष्णु आधारभूत विद्यालयमा खिचिएको थियो ।

म्युजिक भिडियोमा साम्प्रदायिकता माथि नै खलल पुग्ने किसिमका भनाइहरू भएका कारण सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो ।

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  ५ : २६ बजे

होर्मुज खुल्नुअघि नै युद्ध अन्त्यको संकेत

एजेन्सी– मध्यपूर्वमा जारी तनावबीच डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले होर्मुज

जेन-जी रेडफोर्सकी संयोजक तिमल्सिना पक्राउ, सरकारको आलोचना नगर्ने सर्तमा छाडियो

काठमाडौं– नेकपा सम्बद्ध जेन–जी रेडफोर्सकी संयोजक स्मृति तिमल्सिनालाई प्रहरीले नियन्त्रणमा

एमाले सांसदहरूले ओलीलाई रिहा गर्नु भन्दा केही बोलेनन् प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार पनि प्रदेशगत रुपमा सांसदहरूसँग छलफल

शासकीय सुधारका कार्यसूची : एक महिनाभित्र बन्नेछन् यी समिति, कार्यदल र अध्ययन टोली

काठमाडौं– सरकारको कार्यसम्पादनलाई नतिजामुखी, प्रभावकारी, मापनयोग्य र जवाफदेही बनाउन मन्त्रिपरिषद्बाट

जरूरी आयोजनालाई प्राथमिकता दिएर अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले अत्यन्त जरुरी आयोजनाहरूलाई प्राथमिकताका आधारमा अघि